मुख्य समाचार समाज

मन्त्रीहरूलाई राखी बांधी दिदीबहिनीहरूको रक्षाको माग

मन्त्रीहरूलाई राखी बांधी दिदीबहिनीहरूको रक्षाको माग

सर्लाही । आइतबार जनै पूर्णिमा अर्थात रक्षा बन्धनको उपलक्ष्यमा २ नं प्रदेशका मुख्यमन्त्री लालबाबु राउत र आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र यादवलाई शहीदकी छोरी शिव कुमारीले राखी बांधीन र लगातार बलात्कार बढ्दै गएकोले सबै दिदीबहिनी तथा छोरीहरूको सुरक्षाको माग समेत गरिन् ।

 

छोरी कुमारीले, 'आन्दोलनको क्रममा शहीद भएकी आमा राधिका देवी कठबनियालाई शहिद घोषणा गर्न पनि मांग गरेकी छिन् ।' सर्लाही हरिपुर वडा न. २  का दशरथ दास कठबनियाकी श्रीमती मधेस आन्दोलनको बेला मधेसीमोर्चाद्वारा आयोजित नवलपुरको आन्दोलनमा प्रहरीको लठ्ठी लागि घटना स्थल मै शहिद भएकी थिइन् । 

 

त्यस बेला राधिकाको मृत शरिरलाई मोर्चामा आवद्ध पार्टीले मलंगवा जिल्ला प्रशासनमा राखेर घेराबन्दी गरेपछि तत्कालिन प्रमुख जिल्ला अधिकारीले शहीद घोषणा गर्न प्रतिवद्धता गरेका थिए ।

 

शिव कुमारी प्रदेश सरकारलाई भेटी आफ्नो मांग राख्न खोजीरहेकी थिइन । समाजसेवी सरोज रायले शिव कुमारीलाई आमा शहिद भएदेखि नै अभिभावक सरह हेरचाख गरिरहेका थिए । उनलाई बहिनी बनाएका रायले जनकपुर आएको बेला उनलाई जनकपुर बोलाइ मुख्यमन्त्री र गृहमन्त्रीलाई राखी बांध्न लगाए । मन्त्रीहरूले पनि राखी बाध्न तयार भएपछि शिव कुमारीले मुख्यमन्त्री र गृहमन्त्री निवास पुगेर मन्त्रीहरूलाई राखी बांधिन ।

 

शिव कुमारीले आफ्नो आमाको मृत्युको तिन वर्ष भए पश्चात पनि शहीद घोषणा नभएको प्रति दुख पोखीन् र आमालाई शहीद घोषणा गर्न मांग राखीन ।

 

मुख्यमन्त्रीले शहीद घोषणा गर्ने जिम्मेवारी केन्द्रको रहेकोले आफु केन्द्रसम्म पहल गर्ने आश्वासन दिए । यता गृहमन्त्री यादवले पनि यसलाई तुरन्तै प्रदेश मन्त्री परिषद्मा राख्ने र केन्द्रसम्म पहल गर्ने बताए । साथै केन्द्रले आनाकानी गरे प्रदेश सरकारबाट नै क्षतिपूर्तिको व्यवस्था गर्ने बाचा समेत गरे ।

 

मुख्यमन्त्री लालबाबु राउत जनै पूर्णिमा रक्षा बन्धन आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र यादव

विशेष