मुख्य समाचार समाज

म्यान्माका राष्ट्रपति मिन्त राजधानीमा

म्यान्माका राष्ट्रपति मिन्त राजधानीमा

काठमाडौं । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिम्स्टेक) को चौथो शिखर सम्मेलनमा भाग लिन म्यान्माका राष्ट्रपति विन मिन्त विशेष विमानबाट मंगलबार अपराह्न राजधानी आइपुगेका छन् । 

 

राष्ट्रपति विनलाई त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले स्वागत गरे । म्यान्माका विशिष्ट अतिथिलाई नेपाली सेनाको एक टोलीले सम्मान गारतका साथ स्वागत गरेको थियो । 


राष्ट्रपति विनलाई म्यान्माका लागि नेपाली राजदूत भीम उदास, नेपालका लागि म्यान्माका राजदूत थिरी प्यान चि यु तुन ने लिन र परराष्ट्र मन्त्रालयका उच्च अधिकारीले पनि स्वागत गरेका थिए । 

बिम्स्टेक म्यान्मा राष्ट्रपति विन मिन्त

विशेष