मुख्य समाचार समाज

श्रीलंकाका राष्ट्रपति सिरिसेना राजधानीमा

श्रीलंकाका राष्ट्रपति सिरिसेना राजधानीमा

काठमाडौं । बिम्स्टेकको चौथो शिखर सम्मेलनमा भाग लिने सिलसिलामा श्रीलंकाका राष्ट्रपति मैत्रीपाला सिरिसेना बुधबार अपराह्न राजधानी आइपुगेका छन् । 

 

राष्ट्रपति सिरिसेनालाई त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले स्वागत गरेका थिए । राष्ट्रपति सिरिसेनाको सम्मानमा नेपाली सेनाको एक टोलीले सम्मान गारत प्रस्तुत गरेका थिए । 

 

सो अवसरमा नेपालका लागि श्रीलंकाका राजदूत डब्ल्यु एस परेरा, श्रीलंकाका लागि नेपाली राजदूत विश्वम्भर प्याकु¥याल तथा शिष्टाचार महापाल दीपक अधिकारीले पनि राष्ट्रपति सिरिसेनालाई स्वागत गरेका थिए । 

बिम्स्टेक

विशेष