मुख्य समाचार राजनीति

प्रकाण्डलाई हिरासतमा राख्न म्याद थपियो

प्रकाण्डलाई हिरासतमा राख्न म्याद थपियो

काठमाडौं । नेकपा विप्लवका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ लाई बुधबार नुवाकोट जिल्ला अदालतले तीन दिन हिरासतमा राख्न म्याद थप गरेको छ । 

 

स्काभेटर जलाएको आरोपमा काठमाडौंमा पक्राउ गरी गत शुक्रबार नुवाकोट ल्याइएको प्रवक्ता विश्वकर्मालाई बुधबार तेस्रोपटक अनुसन्धानका लागि तीन दिन म्याद थप गरेको हो । अदालतले गत शुक्रबार तीन दिन र गत आइतबार तीन दिन म्याद थप गरेको थियो । प्रहरीले हरेक पटक एक साताको म्याद थप गर्न माग गरे पनि नुवाकोट अदालतले भने तीन÷तीन दिन मात्र म्याद थप गर्दै आएको छ । 

 

गत साउन ७ गते राती बेलकोटगढी नगरपालिका–९ नलगाउँमा सडक निर्माण गर्दै गरेको ठेकेदारको दुई थान स्काभेटर जलाएको आरोपमा विश्वकर्मालाई मुद्दा चलाइएको छ । उक्त स्काभेटर जलाएको आरोपमा नेत्रविक्रम चन्द विप्लव, प्रवक्ता विश्वकर्मासहित १५ जनाविरुद्ध जिल्ला प्रहरी कार्यालयमा उजुरी परेको बताइएको छ ।

प्रकाण्ड

विशेष