कला साहित्य

महाकवि देवकोटाको ‘मुनामदन’ नाटकमा हेर्न पाइने

महाकवि देवकोटाको ‘मुनामदन’ नाटकमा हेर्न पाइने

काठमाडौं । अब महाकवि लक्ष्मीप्रसाद देवकोटाको प्रशिद्ध खण्डकाव्य ‘मुनामदन’ नाटकमा हेर्न पाइने भएको छ । खण्डकाव्यलाई आदर्श साहित्य मञ्च विराटनगरले शिल्पी थिएटरमा यही भदौ १३ देखि २६ गतेसम्म मञ्चन गर्दैछ । 

 

आफू मोरङ जाँदा त्यहाँका कलाकारको सक्रियतामा त्यहाँ मञ्चन गरिएको देखेपछि काठमाडौँमा पनि यसलाई मञ्चन गर्ने सोच बनाएको निर्देशक सविन कट्टेलले बताए । 


मोफसलका कलाकारमा लुकेर रहेका प्रतिभालाई उजागर गराउने उद्देश्यले आफूले फरक तरिकाले कृतिलाई अघि बढाएको उनको भनाइ छ ।

 

‘मुनामदन’को नाट्य रुपान्तरण तथा संवाद लेखन युवा साहित्यकार कटवाल दीपकले गरेका हुन् । नाटकमा मदनको भूमिकामा निर्देशक कट्टेल तथा मुनाको भूमिकामा दीपा पोखरेल छन् । 

 

केन्द्रमा मात्र नभएर मोफसलमा पनि सशक्त कलाकार रहेको उदाहरण दिन नाटकलाई काठमाडौँमा मञ्चन गर्न लागिएको आयोजक विराट आदर्श साहित्य मञ्चका प्रमुख सल्लाहकार मीनकुमार नवोदितले जानकारी दिए । शनिबारबाहेक साँझ ५ः३० बजे मञ्चन गरिने नाटक शनिबार भने अतिरिक्त अपराह्न १ बजे पनि देखाइनेछ । 

मुनामदन लक्ष्मीप्रसाद देवकोटा

विशेष