मुख्य समाचार समाज देश

प्रत्यक्ष्य वैदेशिक लगानीमा चीन सबैभन्दा अगाडि

प्रत्यक्ष्य वैदेशिक लगानीमा चीन सबैभन्दा अगाडि

काठमाडौं । छिमेकी मुलुक चीनबाट नेपाल भित्रने प्रत्यक्ष्य वैदेशिक लगानी (एफडीआई) प्रतिबद्धता अरु देशको तुलनामा बढी छ । 

 

गत आर्थिक बर्ष २०७४/७५ र अघिल्लो आर्थिक बर्ष २०७३/७४ मा नेपालमा कुल ५७ वटा देशबाट लगानीको प्रतिवद्धता आएकोमा चीनको मात्रै ५५ अर्ब रुपैयाँभन्दा धेरै छ । 

 

नेपालमा भारतसहित अमेरिका, बेलायत, अस्ट्रेलिया, ब्राजिल, बेल्जियमलगायतका देशबाट लगानीको लागि प्रतिबद्धता आएको उद्योग विभागले जनाएको छ । 

 

गत आर्थिक बर्षमा चीनको मेनल्याण्बाट ५५ अर्ब ८ करोड र चीनकै हङकङबाट ३ अर्ब लगानी प्रतिवद्धता आएको छ । 

 

यस्तै भारतबाट ७ अर्ब ८ करोड, अमेरिकाबाट ३ अर्ब १ करोड, दक्षिण कोरियाबाट २ अर्ब ७ करोड रुपैयाँ बरारबरको लगानी प्रतिवद्धता आएको छ ।- कारोबार दैनिकबाट ।

विशेष