राजनीति

कानुन मन्त्रीमा भानुभक्त ढकाल नियुक्त

कानुन मन्त्रीमा भानुभक्त ढकाल नियुक्त

काठमाडौं । विवादित अभिव्यक्तिका कारण शेरबहादुर तामाङले राजीनामा दिएपछि खाली रहेको  कानुन, न्याय तथा संघीय मामला मन्त्रीमा भानुभक्त ढकाल नियुक्त गरिएकाे  छ । 

 

नेकपाका केन्द्रीय सदस्य ढकाल मोरङको क्षेत्र नम्बर ३ बाट निर्वाचित  भएका हुन् । उनले चिकित्सा व्यवसायी सुनिल शर्मालाई पराजित गरेका थिए ।  बङगलादेशमा पढ्ने नेपाली विद्यार्थीको सम्बन्धमा दिएको विवादास्पद अभिव्यक्तिको कारण चौतर्फी विरोध भएपछि तामाङले कानुन मन्त्रीबाट राजीनामा दिएका थिए । 

 

उता स्वास्थ्य राज्यमन्त्री रहेकी पदमाकुमारी अर्याल मन्त्रीमा पदोन्ति भएकी छन् । उनलाई भूमि व्यवस्था मन्त्रीको जिम्मेवारी दिएको छ । उनीहरुको साँझ ४ बजे सपथ ग्रहण गरिने कार्यक्रम रहेको छ । 

भानुभक्त ढकाल

विशेष