भदौ १ गतेदेखि धुवाँ फ्याँक्ने सवारीसाधन सञ्चालनमा रोक

काठमाडौं । सरकारले आगामी भदौ १ गतेदेखि धुवाँ फ्याँक्ने सवारीसाधन सञ्चालनमा रोक लगाउने भएको छ ।
सवारीसाधनबाट निस्कने धुवाँको प्रदूषणबाट मानव स्वास्थ्यमा नै असर गर्नुका साथै वातावरण समेत प्रभाव पर्ने भएकाले धुवाँ फ्याँक्ने सवारीसाधन सञ्चालनमा रोक लगाउन लागेको हो ।
सरकारले काठमाडौं उपत्यका, सबै महानगरपालिका र उपमहानगरपालिकाभित्र सवारीसाधन जाँच गराई हरियो स्टिकर प्राप्त सवारीसाधनले मात्र सञ्चालनको अनुमति पाउने भएका छन् । - नेपाल समाचारपत्रबाट ।
सवारी साधन धूवाँ फ्याँक्ने सवारी साधन