मुख्य समाचार समाज देश

बन्दै गरेकाे रेल्वे लाइनको कल्भर्टमा युवतीको नग्न अवस्थामा शव फेला

बन्दै गरेकाे रेल्वे लाइनको कल्भर्टमा युवतीको नग्न अवस्थामा शव फेला

विराटनगर ।  विराटनगर महानगरपालिका वडा नम्बर १४ जतुवामा  एक युवतीको शंकास्पद शव फेला परेको छ । हत्या गरी फालिएको अवस्थामा फेला परेकाे शव कसरी त्यहाँ आइपुग्यो भन्ने विषयमा प्रहरी नै अन्याेलमा देखिएको छ ।

 

केहीवेर अघि फेला परेको शव नग्न अवस्थामा भेटिएको स्थानीयले बताएका छन् ।  जतुवास्थित निर्माणाधीन रेल्वे ट्रयाक मुनीको कल्भर्टमा फेला परेको शव कुनै स्थानीय व्यक्तिकाे नभएकोले सनाखत भएपछि घटनाको बारेमा तथ्य बाहिर आउने मोेरङ प्रहरीले जनाएको छ ।

 

हत्या गरेर फालिएकाे अवस्थामा अन्दाजी २४ वर्षीय युवतीको शव फेला परेको भएपनि के कारणले उनकाे हत्या भयो भन्ने बिषय नै शंकास्पद रहेको मोरङका प्रहरी उपरीक्षक मनोज केसीले जानकारी दिए । शव पोष्टमार्टमकोलागि कोशी अञ्चल अस्पतालमा राखिएको केसीले बताए ।

 

मधेशी मुलकी देखिने मृतक युवतीले पहेँलो चुरा लगाएको देखिन्छ। 

विराटनगर महानगरपालिका शव

विशेष