समाज देश

बझाङमा श्रीमानले श्रीमतीको हात भाँचिदिए

बझाङमा श्रीमानले श्रीमतीको हात भाँचिदिए

गणेश विक / बझाङ । बझाङमा श्रीमानले आफ्नै श्रीमतीको हात भाँचिदिएका छन्।  दुर्गाथली गाउँपालिका वडा नम्बर ७ तल्यदेयान बस्ने बर्ष ३० कि गंगादेवी सिंहको साउन १३ गते श्रीमानले हात भाँचिदिएका हुन्। 

 

श्रीमान जगत सिंहले अाफूलार्इ धेरैपहिलेदेखि पटक-पटक यातना दिदै अाएकाे पिडित ग‌ंगादेवीकाे गुनासाे छ ।  गंगादेवीले हात भाँचिदिएपछि जिल्ला प्रहरी कार्यालयमा उजूरी दिएकी छन् ।

 

५० वर्षिय सिंहका दुर्इ श्रीमती छन् । दुवै श्रीमतीलार्इ सिंहले यातना दिदै अाएकाे प्रहरीले बताएकाे छ ।  गंगादेवीले प्रहरीकहाँ निवेदन दिएकाे याे दास्राे पटक हाे । 

 

जेठी श्रीमती गंगादेवीले प्रहरीकहाँ निवेदन दिएपछि सिंहले यातना दिन छाेडेकाे उनका  छाेराछाेरी बताउँछन् ।  गंगादेवीबाट ४ वर्षका छोरा र १२ वर्षकी छोरी छन्। 

 

सिंहले सधैं मदिरा सेवन गरि राती घरमा अाउने गरेकाे र श्रीमती, छाेराछाेरीलार्इ कुटपिट र गाली गलाैज गर्ने गरेकाेर दुवै श्रीमतीकाे नागरिकता र विवाह दर्ता प्रमाणपत्र च्यातिदिएकाे उनकी छाेरीले बताएकी छन् । 

 

प्रहरी बयानपछि सिंहले गंगादेवीलार्इ यातना र गालीगलाैज नगर्ने शर्तमा कागज गरि उपचारका लागि जिल्ला अस्पताल सिमखेतमा लगेकाे प्रहरीले बताएकाे छ । 

दुर्गाथली गाउँपालिका यातना गंगादेवी सिंह

विशेष