भिडियो

भारतको दबाबका कारण चीनसँगको पारवहन प्रोटाेकलमा ओलीले हस्ताक्षर गरेनन् (भिडियोसहित)

‘भारतलाई हामीले चिढ्यायौं’ भन्नेहरु उतैबाट पालित हुन् 

भारतको दबाबका कारण चीनसँगको पारवहन प्रोटाेकलमा ओलीले हस्ताक्षर गरेनन् (भिडियोसहित)

काठमाडौं । फडिन्द्र नेपाल ग्रेटर नेपाल अभियानका संयोजक हुनुहुन्छ । उहाँले नेपालका छिमेकीहरुको नेपाल नीतिबारे पनि नजिकबाट अध्ययन अनुसन्धान गर्नु भएको छ । संयोजक नेपालको मतमा भारत नेपाललाई दुःख दिने छिमेकी हो । नेपाली शासकले चीन र भारतसँग सन्तुलित व्यवहार गर्न सकेका छैनन् । चीनसँग पारवहन प्रोटोकलमा हस्ताक्षर हुन नसक्नुको प्रमुख कारण भारत हो । नेपालआजसँगको कुराकानीका क्रममा संयोजक नेपालले राख्नु भएको धारण निम्नानुसार छः 

 

‘नाकाबन्दी ताक चीन तिरका लेखक विश्लेषकहरुले भनेका थिए कि नेपाल समस्या पर्दा सहयोगको आशा गर्छ, तर जब भारतले ढाड थपथपाउँछ, त्यसपछि चीनलाई बिर्सेर भारतमुखी बन्छ । वास्तवमा यस्तो कुरा नभएको होइन भइरहेको छ । अब समय यस्तो आएको छ कि नेपालले आफ्नो स्वतन्त्रता जोगाउने हो कि स्वतन्त्रता गुमाउँदै भारततिर ढल्किने हो ? यसबारे सोच्ने बेला आएको छ ।  

 

तिब्बतलाई चीनबाट टुक्रा पार्ने अभियानमा अमेरिका, युरोपेली मुलुकहरु र भारत छन् । नेपाल एक चीन नीतिको पक्षमा छ । नेपालको भूमि प्रयोग गरेर चीन टुक्रा पार्न सकिन्छ कि भन्ने आशा पनि उनीहरुमा छ । बोलीमा नेपालले एक नीति भने पनि व्यवहारमा त्यस्तो भएको छैन । एकातिर एक चीन नीति भन्ने, अर्कोतिर दलाल लामाका मास्टर कर्माको खादा प्रधानमन्त्री केपी शर्मा ओलीले नै पहिरिने, शेरबहादुर देउवाले तिब्बतको कथित निर्वासित सरकारका प्रधानमन्त्री डा. लोब्साङ सांगेसँग मञ्च सेयर गर्ने जस्ता गतिविधिले शंका जन्माउछ । 

 

हाम्रा नेताहरु चीनविरोधी तत्वका अंग बनेका छन् । 

 

मास्टर कर्माले खादा ओढाउदा पनि नेपालका इन्टेलिजेन्सले थाहा पाउँदैन भने अरु के भन्ने ? मेरो मतमा नेपालको सुरक्षा र गृहनीति भारतले आफ्नो हातमा लिइसकेको छ । नेपालीलाई नै खरिद गरेर नेपाली संयन्त्रमा भारत भाइरस भएर पसिसकेको छ । नेपाल र चीनको सम्बन्ध बिग्रियोस भन्ने भारत चाहन्छ । 

 

तिब्बत र नेपालको भूभाग जोडिन्छ । चीनसँग जोडिदैन । तर भारतको जोडिन्छ । भारत नेपालको काँधमा राखेर चीनमा पड्काउन चाहन्छ । त्यसो गर्न सक्दा नेपाल र चीनको सम्बन्ध बिग्रिन्छ भन्ने उसको बुझाइ हो । 

भारतले आफ्नो भूमिमा तिब्बतको निर्वासित सरकार सञ्चालन गर्न दिने, सुरक्षा दिने, पैसा दिने काम गरिरहेको छ । नेपालले तटस्थ भूमिका निर्वाह गर्न सक्नु पर्छ । एक पटक अमेरिकीहरुले तिब्बतबाट प्रवेश गरेका तिब्बतीहरुले सोझै भारत जान पाउनु पर्छ भने । नेपालले मानेन । त्यसपछि अमेरिकी संसदमा नेपाललाई दिँदै आएको सहयोग बन्द गर्नुपर्छ भन्ने आवाज उठ्यो । 

 

अमेरिकाको प्रभाव अन्तर्राष्ट्रिय मुद्राकोष, विश्व बैंक आदिमा छ । अमेरिकाले त्यस्ता वित्तिय संस्थाबाट नेपालले पाउने ऋण रोकिदियो भने समस्या हुन्थ्यो । यस्तो धर्मसंकट पनि नेपालले व्यहोरेको थियो । तर धेरैजसो अवस्थामा नेपालले आफ्नै कमजोरीका कारण यस्ता समस्या झेल्छ । हामीले प्रष्ट भन्नु पर्छ कि हामी एक चीन नीतिको पक्षमा छौं । 

 

नेपालमा चिनिया रेल प्रवेश गर्यो भने त्यो हाम्रो लागि महत्वपूर्ण कुरा हो । हामीले भारतबाहेकसँग पारवहन सुविधा प्राप्त गर्ने आधार बन्छ । चीनको रेल काठमाडौं आयो भने भारत रिसाउँछ भने डरछेरुवा साइक्लोजी नेपाली नेताहरुमा छ । 

 

चीनको बाटो भएर नेपाल अन्तर्राष्ट्रिय बजारमा जाओस् भन्ने पक्षमा छैन । त्यही भएर यसपटकको ओलीको चीन भ्रमणमा पारवहनको प्रोटोकलमा हस्ताक्षर भएन । उहाँले होमवर्क पुगेन भन्नु भयो । अचम्म लाग्छ, ७२ सालमै उहाँ प्रधानमन्त्री हुँदा अगाडि बढेको विषय हो । तीन वर्षमा पनि उहाँले होमवर्क गर्नु हुन्न । अनि समय पुगेन भन्दै हुनुहुन्छ । जनता हास्ने कुरा गरेर प्रधानमन्त्री हिँडछन् । पारवहन प्रोटोकलमा हस्ताक्षर नगर्नू भन्ने भारतको मन्त्रणा थियो ।’
 

विशेष