व्यापार मुख्य समाचार

औषधि र मासु पसलमा सिलबन्दी

औषधि र मासु पसलमा सिलबन्दी

काठमाडौं । नियमविपरीत सञ्चालनमा रहेका चार पसललाई सिलबन्दी गरिएको छ । 


वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले अनुगमनका क्रममा यसअघि दिएको निर्देश निर्देशन पालना नगरेको र औषधि पसल सञ्चालनसम्बन्धी कुनै पनि कागजात नपाइएपछि नरेफाँटस्थित एन एन्ड एस औषधि पसलमा सिलबन्दी गरिएको हो । 


त्यसैगरी मनकामना मार्केटिङ स्टोर र केसी चिकेन स्टोर गोंगबुँमा पनि कुखुरा राख्ने स्थान र वधस्थल अत्यधिक फोहोर भएको, छानाबाट पानी चुहिएको तथा व्यवसाय दर्तासँग सम्बन्धित कागजात व्यवसायस्थलमा नभएकाले हाल दुवै पसलका सामान सञ्चालक स्वयंको जिम्मामा रहने गरी सिलबन्दी गरिएको हो । केसी चिकेन स्टोरबाट म्याद नाघेका दुई हजार ८ सयबराबरको सामान नष्ट गरिएको छ । 


चिरीशा फार्मेसी नरेफाँटमा सम्बन्धित व्यवसायीको अनुपस्थिति रहेको, औषधि व्यवस्था विभागको ढाँचानुसारको बिल नभएको तथा म्याद नाघेको औषधि बिक्रीस्थलमा राखेकाले तत्काल बन्द गरी २४ घन्टाभित्र विभागमा आउन निर्देशन दिइएको छ । 


संयोजक रामकृष्ण श्रेष्ठको अगुवाइमा भएको अनुगमनका क्रममा काठमाडौं जडीबुटीमा रहेको स्पर्श फार्मेसीमा व्यवसाय दर्तानुसारको सूचनापाटी नभएको र औषधि व्यवस्था विभागअनुसारको बिल नभएकाले २४ घन्टाभित्र विभागमा आउन निर्देशन दिइएको छ । 
 

पसलमा सिलबन्दी

विशेष