भिडियो इतिहासमा आज

९ कक्षा पढेको मान्छे परराष्ट्रमन्त्री हुने देशका राजदूत कस्ता होलान् ! (भिडियाेसहित)

मदनको पत्नी नभएको भए विद्या राष्ट्रपति हुँदिन थिइन् 

९ कक्षा पढेको मान्छे परराष्ट्रमन्त्री हुने देशका राजदूत कस्ता होलान् ! (भिडियाेसहित)

काठमाडौं । राजनीतिक विश्लेषक प्रा. डा. सुरेन्द्र केसीको नियमित भिडियो स्तम्भ ‘इतिहास र अनुभूति’ मा यसपटक न्यायाधीश नियुक्ति विवाद, राजनीतिक नियुक्तिका अन्तर्वस्तु, नेकपामा उत्पन्न असन्तुष्टि आदि विषयमा चर्चा गरेका छौं । डा. केसीले यसपटक पनि अरु बेला झैं सटिक र चोटिले टिप्पणी गर्नु भएको छ । उहाँले पछिल्लो भिडियो कुराकानीका क्रममा व्यक्त गर्नु भएको धारणाको सार निम्नानुसार छः 

 

‘मैले एसिस्टेन्ट लेक्चररदेखि जागिर खाएँ । पटकपटक बढुवा भएँ । सबैठाउँमा सबै प्रमाणपत्र देखाएर, परीक्षण गराएर प्रोफेसरसम्म भएँ । न्याय क्षेत्र यस्तो रहेछ, यहाँ प्रधानन्यायाधीश हुने बेलामा मात्रै एसएलसीको प्रमाणपत्र जाँच गरिँदो रहेछ । 

 

राष्ट्रलाई अर्बौ नोक्सानीमा पार्ने न्यायाधीश मात्रै होइनन् मन्त्री र विश्वविद्यालयका उपकुलपति पनि छन् । पदहरु त दलहरुले बढाबढमा बिक्री नै गर्छन् । यो देश त लुटराहरुको लागि मात्रै बन्यो । 

 

मुख्य अपराधीलाई जोगाउने, ससानामा माछा समाउने रित छ यहाँ । सुन तस्करीको सर्वेसर्वा अपराधी गोरे मात्रै हो त ? गोरेको एक्लो प्रयासले नै यो सबै भइरहेको थियो ? कदापी होइन यस्तो । सात वर्षमा ३८ क्विन्टल सुन पार गरे । अढाइ सय वर्षमा कति के के गरे होलान । 

 

मूल सफा छ भने त्यहाँबाट निसृत हुने जल पनि सफा हुन्छ । मूल भनेको राजनीति हो । राजनीति फोहोर छ । राजनीतिक नेतृत्व गलत छ । उनीहरुबाट हुने कामहरु सफा हुन सक्दैनन् । परराष्ट्रमन्त्री नै नौ कक्षा पढेको छ भने राजदूत कस्तो हुन्छ भन्नुस् त ? 

 

राजनीतिक पदहरु बिक्री हुन्छ, यो पक्का हो । राजदूतका लागि २ करोडसम्म बोली लगाउँछन् भन्ने छ । अमेरिका,जापान जस्ता देशको राजदूत भएर जानेले मानव तस्करी गर्छन् । आफ्ना सहयोगी बनाएर मान्छे लैजान्छन्, उतै छाडेर नेपाल फर्किन्छन् । कमाउने धन्दा यस्तो हुन्छ । १० जना मान्छेलाई अमेरिका लिएर गयो भने पाँच करोड त आइहाल्दो रहेछ । 

 

एक पटक अमेरिकाका राजदूतले गरेको बदमासी अख्तियारका हाकिम हुँदा लोकमानले थाहा पाएछन् । ती राजदूतको कठालो समाउन लागेको बेला उनीविरुद्ध महाभियोग प्रस्ताव दर्ता भयो भन्ने छ । 



डिप्लोम्याट भनेको कस्ता मान्छे बन्नु पर्छ भन्ने बुझ्न यदुनाथ खनाललाई अध्ययन गर्नु पर्छ । यदुनाथ खनालका अगाडि पर्दा अमेरिकाका राष्ट्रपति जुरुक्कै उठ्थे । एकपटक भारतका प्रधानमन्त्री जवहारलाल नेहरुले इग्नोर गरेछन् यदुनाथ खनाललाई । एउटा कार्यक्रममा यदुनाथ खनालको स्पिच सुनेछन् जवाहरलाल नेहरुले । त्यसपछि नेहरुको सोचाइ नै बदलियो । जुन बेला यदुनाथ अमेरिकाको राजदूत थिए, त्यो बेलाका अमेरिकी राष्ट्रपतिले उनलाई भेटेर भनेका थिए कि,‘तपाई जस्तो राजदूतलाई स्वागत गर्न पाउनु मेरो जीवनको सबैभन्दा गौरवशाली क्षण हो ।’ 

 

सुरेशराज शर्माले काठमाडौं युनिभर्सिटीलाई कस्तो गौरवमय बनाएका थिए । तर बाबुराम भट्टराईले आफ्नी जेठी सासूलाई उपकुलपति बनाउन केयुलाई ध्वस्त पारिदिए । केयुमा विदेशी विद्यार्थीको कस्तो भिड लाग्थ्यो । बिग्रेकोलाई बनाउने त कोही भएनन् । सप्रेकोलाई पनि बिगारेरै छाड्नेहरु बढी भए । 
 

Dr surendra KC प्रा. डा. सुरेन्द्र केसी इतिहास र अनुभूति

विशेष