मुख्य समाचार समाज देश

११ वर्षीय ’बालक अपहरण’, ४० लाख फिरौती माग

११ वर्षीय ’बालक अपहरण’, ४० लाख फिरौती माग

काठमाडौं । काठमाडौंको काँडाघारीबाट ११ वर्षीय बालक अपहरणमा परेका छन् । सिन्धुपाल्चोक स्थायी घर भई परिवारसँग काँडाघारी बस्दै आएका निशान खड्काको अपहरण भएको हो । 

 

आइतबार साँझदेखि हराएका बालक अपहरणमा परेको र ४० लाख रुपैयाँ फिरौती माग भएको जानकारी परिवारले प्रहरीलाई दिएको छ ।

 

महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी विश्वराज पोखरेलले भने ’बालक हराएको भन्ने जानकारी आएको छ । हामी खोजी गरिरहेका छौँ । परिसरका एसएसपीसहित एक सय जनाको टोली बालक खोज्न परिचालित भएको छ ।’ 

 

सिन्धुपाल्चोक घर भएका बालककी आमा केही वर्षदेखि चियापसल गर्दै आएकी छिन् । उनका बाबु वैदेशिक रोजगारीको सिलसिलामा बाहिर छन् ।
 

११ वर्षीय बालक अपहरण काँडाघारी ४० लाख रुपैयाँ फिरौती

विशेष