गाउँपालीकासम्म अझै सिंहदरबार नआएको गुनासो
सुर्खेत । बीस दसक पश्चात गत चुनावले गाउँपालीकासम्म सिंहदरबार पु¥याएको छ । तर, कर्णलीको प्रदेशको राजधानी पश्चिम सुर्खेतमा सिंहदरबारको सेवा लिन नपाएको गुनासो गर्दै छन् त्यस ठाउँका नागरिक ।
२०७३ मा नागरिलाई सेवा दिन स्थापना गरिएको इलाका प्रशासन कार्यालय हाल बन्द भएको हो । कार्यालय बन्द हुँदा त्यहँका नागरिकले प्राप्त गर्दै आएको सेवा लिनबाट अन्योलमा परेका छन् । कार्यालय प्रमुख र अन्य कर्मचारी नहुँदा नागरिकले पाउने नागरिकता र अन्य प्रशासनिक कामका लागि पुनः सदरमुकाम वीरेन्द्रनगर धाउन बाध्य भएका छन् ।
कार्यलय सेवा ठप्प भएको हुनाले थुप्रै कार्यहरु यथावत नै छन् । नागरिकता बनाउने, सिफारिस लगायत अन्य कामकारवाही प्रभावित बनेको स्थानीयवासी लालबहादुर विसीले बताए । ‘अहिले कार्यालयमा कर्मचारी नहुँदा काम केही पनि हुदैँन।’
उनले भने, ‘कार्यालय सहयोगी त छन् अफिस पनि खोल्छन् तर, काम केही पनि हुदैँन ।’ मुख्य मुख्य कार्यहरुको लागिर सदरमुकामसम्म जान बाध्यता छ । र त्यसमाथि पनि कार्य नभएको खण्डमा त्यहि बास बस्नु पर्ने बाध्यता ।
‘स्थानीय सरकार आए पछि सिंहदरवार नै घरआगँनमा आएको महशुस गरेका नागरिक इलाका प्रशासनबाट हुने काम नहुँदा निराश हुनुपर्ने अवस्था छ ।’ पञ्चपुरी नगरपालिकाका प्रमुख उपेन्द्र थापाले भने, ‘प्रशासनबाट दिदैँ आएको सेवा नागरिकता बनाउने, शिफारिस लिने लगाएतको कामका लागि सदरमुकाम वीरेन्द्रनगर धाउनु पर्ने अवस्था आयो ।’
यता जिल्ला प्रशासन कार्यालय सुर्खेतका प्रमुख जिल्ला अधिकारी सीताराम कार्कीले गृहमन्त्रालयबाटै कर्मचारी खटाउने हुँदा ढिला भएको बताए ।’