राजनीति

मोदी नेपाल आउनुअघि किन भारत जान लागे प्रचण्ड ?

मोदी नेपाल आउनुअघि किन भारत जान लागे प्रचण्ड ?

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारत भ्रमणमा जाने भएका छन् । प्रचण्डले साउनभित्रै वा भदौ पहिलो साता भारत भ्रमणमा जाने सम्बन्धमा तयारी गरेका छन् ।

 

विमस्टेक सम्मेलनमा भाग लिन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल आउनुअघि प्रचण्ड भारत जाने विषयले नेकपाभित्र राम्रै चर्चा पाएको छ ।
मोदी सम्मेलनमा भाग लिन भदौ दोस्रो साता नेपाल आउँदै छन् ।

 

प्रचण्डलाई नेपालका लागि भारतीय राजदूत मञ्जिवसिंह पुरीको विशेष निमन्त्रणामा भारत जान लागेको बुझिएको छ । उनको भारत भ्रमण व्यक्तिगत भए पनि राजनीतिक भेटघाटसमेत हुने छ । प्रचण्ड सचिवालय भने भ्रमणको विषयमा छलफल भए पनि टुंगो लागिनसकेको बताउँछ । 

पुष्पकमल दाहाल ‘प्रचण्ड’

विशेष