मुख्य समाचार समाज देश

१५ महिनापछि शव जिम्मा

१५ महिनापछि शव जिम्मा

काठमाडौँ । छोरीका हत्यारामाथि कारबाही नभएसम्म शव नबुझ्ने अडान राख्दै आएकी स्वयम्भूकी एक महिलाले १५ महिनापछि शव जिम्मा लिएकी छन् ।

 

१० बर्षिया छोरी अमृताको बलात्कारपछि हत्या भएको भन्दै आमा सन्तोषीले शिक्षण अस्पतालबाट शव उठाउन मानेकी थिइनन्। किटानी जाहेरीपछि पुर्पक्षका लागि थुनामा राखिएका दिनेश चौधरी (विश्वराम रनपहेंली)ले बलात्कार र हत्या गरेको पुष्टी भएपछि गत महिना मात्रै काठमाडौं जिल्ला अदालतले सर्वस्वसहित जन्मकैद फैसला गरेको थियो।


कर्तव्य ज्यानको थप दफामा चौधरीलाई थप १० बर्ष पनि जेलसजाय तोकिएको छ। ‘ढिलै भएपनि आफूले न्याय पाएजत्तिकै ठानें,’ आमा सन्तोषीले भनिन्। सोमबार अपरान्ह उनले छोरी अमृताको पशुपतिमा दाहसंस्कार गरेकी छिन्।


गत बर्ष जेठ ५ मा छोरी अमृता स्वयम्भु, डल्लुस्थित आफ्नै डेराकोठामा मृत अवस्थामा भेटिएकी थिइन्।

हत्यारा

विशेष