मुख्य समाचार राजनीति

‘केन्द्रदेखि स्थानीय तहसम्म भदौको पहिलो साताभित्र पार्टी एक भई सक्छ'- अध्यक्ष प्रचण्ड

‘केन्द्रदेखि स्थानीय तहसम्म भदौको पहिलो साताभित्र पार्टी एक भई सक्छ'- अध्यक्ष प्रचण्ड

पर्सा । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केन्द्रदेखि स्थानीय तहसम्म भदौको पहिलो साताभित्र पार्टी एक भई सक्ने बताएका छन् ।

 

नेपाल उद्योग वाणिज्य महासङ्घको जिल्ला तथा नगरस्तरीय उद्योग वाणिज्य सङ्घको राष्ट्रिय भेलालाई सम्बोधन गर्न पर्साको वीरगञ्ज पुगेका अध्यक्ष प्रचण्डले २५ गतेसम्म तल्लो तहबाट सुझाव मागेको र त्यही सुझावका आधारमा भदौ ५ गतेसम्म पार्टीको स्थानीय तहसम्म एकता भइसक्ने बताएका हुन् ।  

 

अध्यक्षले रिक्त रहेका संवैधानिक निकायमा पदपूर्ती गर्ने बारेमा प्रधानमन्त्रीसँग हिजोमात्र छलफल भएको स्पष्ट पारे । उनले भने, ‘संविधानले व्यवस्था गरे अनुसार अरु संवैधानिक आयोगहरु पनि निर्माण गर्ने बारेमा छलफल भएको छ ।

 

प्रधानमन्त्रीले त्यसलाई चाँडै नै पूर्णता दिनुहुन्छ ।’ उनले न्यायालयको नेतृत्व खाली नहुने बताउँदै संसदीय समितिमा पर्ने उजुरी र उसले गर्ने सुनुवाई नै मुख्य कुरा भएको बताए ।

 

  ‘हामीले संसदीय सुनुवाइ समितिको व्यवस्था राखेको संसदको सर्वोच्चतालाई स्थापित गर्ने उद्देश्यले राखिएको हो । त्यसकारण त्याहाँ पर्ने उजुरी र त्यसमा सांसदह?ले गर्ने छानबिनमा भर पर्छ,’ उनले भने ।

 

‘संवैधानिक परिषदबाट सिफरिस भएपछि संसदले त्यसलाई अनुमोदन गर्नै पथ्र्यो भन्ने एउटा बहस छ भने अर्को संसदको सर्वोच्चता स्थापित गर्नका लागि सुनुवाई समितिमा परेका उजुरीमाथि स्वतन्त्रतापूर्वक सांसदले छानविन गर्न पाउनु पर्छ भन्ने बहस छ । हामीले संसदको सर्वोच्चतालाई महत्व दियौं र स्थापित गर्यौं ।’  

पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाल कम्युनिष्ट पार्टी

विशेष