मुख्य समाचार देश

नेविसंद्वारा विश्वविद्यालय तथा पढाइ सुधारको माग

नेविसंद्वारा विश्वविद्यालय तथा पढाइ सुधारको माग

काठमाडौं । नेपाल विद्यार्थी सङ्घ पोखरा विश्वविद्यालय केन्द्रीय समन्वय समितिले विश्वविद्यालय तथा क्याम्पसमा पढाइको सुधार हुनुपर्ने माग गरेको छ । 

 

बुधबार यहाँ आयोजित पत्रकार सम्मेलनमा पोखरा विश्वविद्यालय अन्तर्गतका कूल ५९ क्याम्पसमध्ये ४० वटामा गरिएको अनुगमनमा ती क्याम्पसले सम्बन्धन लिँदा न्यूनतम मापदण्ड पनि पूरा नगरेको जानकारी दिइयो । 

 

कलेजमा २०० जनासम्म विद्यार्थी पढ्न सक्ने पुस्तकालय हुनुपर्ने उल्लेख गरिए पनि १० जना विद्यार्थी पढ्ने ठाउँ नभएको र प्रत्येक क्याम्पसको भवन १५ रोपनी जग्गामा हुनुपर्ने उल्लेख भए पनि एउटा क्याम्पस मात्र १५ रोपनी जग्गामा निर्माण भएको पाइएको विश्वविद्यालय केन्द्रीय समन्वय समितिका संयोजक नवराज त्रिपाठीले जानकारी दिए । 

 

उनले पोखरा विश्वविद्यालय अन्तर्गतका क्याम्पसले विश्वविद्यालय र सम्बन्धित काउन्सिलको मापदण्ड पूरा गर्नुपर्ने एवं अनुसन्धान तथा विकास कोषको व्यवस्था हुनुपर्ने माग गरेका छन् । उनले काठमाडांै, बुटवल, चितवन तथा दाङमा विश्वविद्यालय सम्पर्क कार्यालय स्थापना गर्न समेत माग गरेका छन् ।
 

नेपाल विद्यार्थी सङ्घ पोखरा विश्वविद्यालय

विशेष