मुख्य समाचार समाज

‘इन्काउन्टर’ को छानबिन गर्न आयोगमा उजुरी

‘इन्काउन्टर’ को छानबिन गर्न आयोगमा उजुरी

काठमाडौं । काँडाघारीका बालक निसान खड्का हत्या प्रकरणलाई लिएर विवाद उत्पन्न भएको छ । एकातिर बालक खड्कालाई अपहरण गरी हत्या गर्ने गोपाल तामाङ र अजय तामाङ प्रहरीले दाबी गरेजस्तो दोहारो मुठभेडमा मारिएको हो कि होइन भन्ने विषय अहिले शंकाको घेरामा छ । 


तामाङको परिवारजनले मृतक तामाङद्वयलाई प्रहरीले हिरासतमा लिएर दोहोरो मुठभेडमा मारिएको दाबी गरेका छन् । अर्कोतिर तामाङ परिवारको दाबीका सम्बन्धमा गृहप्रशासनले केही पनि प्रतिक्रिया जनाएको छैन । 


तामाङ परिवार गोपालका आमाबुवा, बहिनी तथा अजयका बुवा नीमा तामाङले  राष्ट्रिय मानवअधिकार आयोगमा बुधबार घटनाको निष्पक्ष छानबिनका लागि निवेदन दर्ता गराएका छन् ।   आयोगले कानुनबमोजिम छानबिन अगाडि बढाउने भएको छ ।

 
बालक खड्काको आइतबार राती अपहरण गरेर हत्या गरिएको प्रहरीले सोमबार पुष्टि गरेको थियोे तामाङ परिवारले निवेदनमा सोमबार बिहानै उनीहरू बस्ने कोठाबाट प्रहरीले तामाङद्वयलाई पक्राउ गरी लगेको प्रत्यक्षदर्शी भनाइलाई उल्लेख गरेका छन् साथै तामाङ परिवारले घटनाको यथार्थ जानकारीका लागि गोपाल र अजय बस्ने गरेको घरधनीसँग पनि प्रहरीले बयान लिइसकेको र घनधनीले पनि गोपाल र अजय दोहोरो मुठभेडभन्दा अगाडि नै पक्राउ परेको बयान दिएको बताइन्छ ।

  
कानुनअनुसार पक्राउ परेका अभियुक्तहरूको जीवन रक्षा गर्नु प्रहरीको जिम्मेवारी एवं कर्तव्य हो । प्रहरी संगठनबीच नै सहयोग र समन्वय नभएकाले उक्त बालक हत्या प्रकरण पेचिलो बन्दै गएको छ । 

राष्ट्रिय मानवअधिकार आयोग

विशेष