प्रदेश सरकारले विदा दिए पनि कार्यालय खुला: विदा लागू अचम्ममा परे मन्त्री !
काठमाडौं । प्रदेश नं. १ का आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले प्रदेश सरकारले विदा दिए पनि जिल्ला प्रशासन कार्यालयले लागू नगर्नुको कारण आफूलाई थाहा नभएको बताएका छन्।
प्रदेश सरकारको क्याबिनेट बैठकले साउन २४ गते विश्व आदिवासी दिवसका दिन विदा दिने निर्णय गरेको थियो। आफूहरुले सबै सरकारी कार्यालयहरुमा विदाको जानकारी गराए पनि केही जिल्ला प्रशासन कार्यालयहरु खुलेको जानकारी आएको उनले बताए।
मन्त्री कार्कीले संघीयता भनेको प्रदेश, स्थानियतह र केन्द्रीय सरकारको सहमति, समन्वय र सहकार्यमा चल्नु पर्ने बताए।
प्रदेश नम्बर १ मा वर्षमा तीनवटा विदा थप गरिएको छ। साउन २४ गते आदिवासी दिवस, जनैपूर्णिमा र छठमा विदा दिने निर्णय भएको मन्त्री कार्कीले बताए।