रोजगार

सरकारले ल्यायाे बेराेजगारका लागि बबाल कार्यक्रम

सरकारले ल्यायाे बेराेजगारका लागि बबाल कार्यक्रम

काठमाडौं - सरकारले सात प्रदेशका ४२ हजार युवालाई छोटो अवधीको शिप विकास तालिम दिने भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको सहयोगमा व्यावसायीक शिक्षा तथा तालिम परिषद (सिटिइभीटी)ले उक्त तालिम संचालन गर्न लागेको हो ।

 

छोटो अवधीको तालिममा सातै प्रदेशमा ६–६ हजार युवालाई सहभागी गराइने भएको छ तालिम संचालन गर्न मन्त्रालयले सिटिइभीटीलाई ७५ करोड रुपिया उपलब्ध गराएको छ ।

 

तालिम असोज महिनाबाट संचालन हुने भएको छ । तालिम ३ महिनासम्म संचालन हुने सिटिइभीटीका योजना महाशाखा प्रमुख एवं निर्देशक रमेश वखतीले जानकारी दिए ।

 

विषेश गरी स्थानीय तहमा वेरोजगार युवालाई स्वरोजगार हुने अवसर दिन र रोजगारीको लागि विदेश जाने युवालाई केही सहज बनाउन तालिम संचालन गर्न लागिएको हो ।

नेपाल समाचारपत्र दैनिकबाट ।  

विशेष