अर्थमन्त्रीको सुझाव : ‘ऋण तिर्ने क्षमता भएमात्र गाडी किन्नुस्’
काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले ऋण तिर्ने क्षमता भएमात्र गाडी खरिद गर्न सुझाएका छन् । १३ औं नाडा अटोे शोको मंगलबार उद्घाटनमा पुगेका अर्थमन्त्री खतिवडाले नाडालाई ऋण तिर्ने क्षमता भएमात्रै गाडी खरिद गर्ने र रहरले मात्र खरिद गर्नेतिर नलाग्न सुझाएका हुन् ।
नेपालीहरूले दैनिक रूपमा गर्दै आएको कुरालाई उद्धृत गर्दै उनले भने, ‘व्यापार घाटाको पनि चिन्ता गर्ने । आयातमा प्रतिस्थापन गर्नुपर्छ र कतिपय कुरामा मुलुक आत्मनिर्भर हुनुपर्छ भन्ने चिन्ता पनि व्यक्त गर्ने । हामी ऋण लिएर होइन, कमाएर उपभोेग गर्नुपर्छ पनि भनिरहने । मुलुक आत्मनिर्भर स्वावलम्बी बन्नुपर्छ पनि भन्ने, बाँकी अटोमोबाइल्स सम्बन्धीकोे गुनासो पनि पोख्ने । यसको बीचमा केही तालमेल मिलाउनुपर्छ जस्तो लाग्छ ।’
नाडालाई गाडी किन्ने रहर स्वाभाविक भएको तर सकेसम्म कमाएर नै गाडी खरिद गर्न उनले सुझाव दिए । मुलुक र नागरिकको आर्जन गर्ने क्षमता आधुनिकरण हुँदै जाँदा हामीले गर्ने उपभोग हाम्रो आम्दानी र क्षमतामा आधारित हुनुपर्नेमा उनले जोड दिए । उनले थपे, ‘ऋणमा आधारित उपभोगले हामीलाई दिर्र्घकालसम्म निकास दिँदैन । हामीले अटोमोबाइल्स क्षेत्रमा अलि बढी नै कर लगाएका छौं । यो भन्सारको मात्र कुरा होइन ।’
व्यापार घाटा बढाउन अटो मोबाइल क्षेत्रको पनि हात भएको कारण यसलाई कम गर्न पनि अटो मोबाइलकोे क्षेत्रमा कर बढाएको उनले बताएका छन् । सडक बनाउन राजस्व चाहिएको र यसको आकार पनि ठूलै हुनुुपर्ने बताउँदै कर बढाएको उनले उल्लेख गरे ।
नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्षा भवानी राणाले नाडा अटो शो गाडी या मोटरसाइकलमात्र हेर्ने मेला नभएर यसले ठूलो रूपमा आर्थिक परिचालन गरिरहेको बताइन् ।
नाडाले गर्ने भनेको झण्डै पाँच अरबको कारोबारको खबर अत्यन्तै राम्रो भन्दै अर्थतन्त्रलाई चलायमान पार्न अटोमोबाइल क्षेत्रकोे ठूूलो हात रहेको बताइन् । यो क्षत्रलाई उद्योग वाणिज्य संघले पनि महत्वका साथ हेरेकोे भन्दै उनले यो क्षेत्रलाई सरकारले पनि प्रवर्धन गर्नुपर्नेमा जोड दिइन् ।
इतिहासमै बलियो र स्थिर सरकार आएको बताउँदै राणाले व्यवसायीहरुले पनि यो सरकारले नेपालको अर्थतन्त्रलाई अझै अघि बढाउनेमा विश्वस्त रहेको बताइन् ।
कार्यक्रममा नाडा अटोमोबाइल्स डिलर्स एसोसियसनका कार्यवाहक अध्यक्ष कृष्णप्रसाद दुलालले ६ दिनसम्म चल्ने नाडा अटो शोलाई सफल पार्न सबैको सहयोगको अपेक्षा गरे । उनले शो को उद्घाटन समारोहलाई सफल पार्न सहयोग पु¥याएका सबैलाई धन्यवादज्ञापन गरे ।
यसरी सुरु भयो नाडा अटो शो
काठमाडौंको भृकुटी मण्डपमा मंगलबारदेखि १३ औं नाडा अटोसो सुरु भएको छ । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालद्वारा सञ्चालित यही भदौ २६ गतेदेखि ३१ गतेसम्म हुने नाडा अटोसोमा विभिन्न अटोमोबाइल्स कम्पनीहरूले नयाँ तथा पुराना मोडलका गाडीहरू प्रदर्शनमा राखेका छन् । उक्त मेलामा १९ वटा ब्रान्डका ४ पाङ्ग्रे तथा २० वटा ब्रान्डका २ पाङ्ग्रे सवारीसाधनहरू प्रदर्शनीमा राखिएका छन् । ६१ कम्पनीहरूको सहभागिता रहेको उक्त मेलामा १ सय ३४ वटा स्टल रहेका छन् ।