मुख्य समाचार समाज

निर्मला पन्त हत्या प्रकरण : केसीले राजीनामा फिर्ता लिए

निर्मला पन्त हत्या प्रकरण : केसीले राजीनामा फिर्ता लिए

काठमाडौं । निर्मला पन्तको बलात्कार र हत्या घटना छानबिनका लागि गठित सरकारी उच्चस्तरीय छानबिन समितिका सदस्य वीरेन्द्र केसीले राजीनामा फिर्ता लिएका छन् ।

 

भीमदत्त नगरपालिका–२ उल्टाखामकी १३ वर्षीया पन्तले न्याय पाउनेमा शंका लागेको भन्दै आन्तरिक मामिला तथा कानुन मन्त्रालयका उपसचिवसमेत रहेका केसीले सोमबार राजीनामा दिएका थिए । गृहमन्त्रालयमा बुधबार आयोजित पत्रकार सम्मेलनमा उनले आफूले राजीनामा फिर्ता लिएको बताए । 

 

‘राष्ट्र सेवकको रूपमा मलाई प्राप्त अवसरमा पुनः संलग्न रही निष्पक्ष रूपमा छानबिन गरी योगदान गर्न सके निर्मला पन्तप्रति न्याय हुने ठहर गरेको छु’, उनले भने । केसीले भने, ‘सरकारले सुम्पिएको महत्वपूर्ण जिम्मेवारी निर्वाह गर्नु प्रत्येक राष्ट्रसेवकको अनिवार्य कर्तव्य भएको बोध गरी स्वेच्छापूर्वक आजदेखि समितिमा यथावत् रही छानबिन कार्यमा संलग्न रहनेछु ।’ 


 

निर्मला पन्त हत्या प्रकरण

विशेष