कला साहित्य

‘पैसाको खेती’ पुस्तकको विमोचन

‘पैसाको खेती’ पुस्तकको विमोचन

पाल्पा । नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले बैंक तथा वित्तीय संस्थाबाट ऋण लिएर व्यवसाय नगरी विदेशमा पैसा कमाउन रमाउने प्रवृत्ति गलत भएको बताएका छन् । 

 

सुमन ढकाल र प्रकाश कोइरालाद्वारा लिखित ‘पैसाको खेती’ नामक पुस्तकको आइतबार यहाँ विमोचन गर्दै गभर्नर नेपालले नेपाली युवा स्वदेशमै कामका खोजी गर्नुपर्नेमा जोड दिए ।

 

 

स्वदेशमा रोजगार र स्वरोजगारका सम्भावना रहे पनि स्वदेशमा काम गर्न नरुचाउने प्रवृत्तिका कारण बेरोजगार समस्या बढेको बताउँदै उनले विदेशमा गएर दुःख गर्ने बानी नेपाली युवामा नहटेसम्म नेपाल समृद्ध हुन नसक्ने तर्क गरे । उनले बालबालिकामा सानै उमेरदेखि पैसाको महत्वसम्बन्धी ज्ञान हुनुपर्ने बताए ।

पाल्पा गभर्नर डा. चिरञ्जीवी नेपाल

विशेष