समाज राजनीति

कोही बोकिने, कोही ठोकिने 

कोही बोकिने, कोही ठोकिने 

काठमाडौं । अरु मन्त्रीलाई प्रधानमन्त्रीको हप्कीदप्की चल्छ, डराउँछन् पनि । तर, उपेन्द्र यादवलाई कस्ने कसले ? उनी डराउने कोसँग ? अरु मन्त्री आएका निम्तोमा पनि विदेश जान नपाएर छट्पटाइरहेको बेला उपेन्द्रको भने दुई महिनाको सेड्युल प्याक छ । 

 

पासपोर्ट  नबोकी बैंकक गएर फर्किएका स्वास्थ्य मन्त्री दिल्लीबाट फर्किएको धेरै भएको छैन । सेप्टेम्बरमा स्वस्ट्जरल्यान्ड जाँदैछन्, अक्टोबरमा न्युयोर्क जाने तयारी छ । त्यसपछि कजाकस्तान जाने रोलाक्रम छ । उद्योग बाणिज्य तथा आपूर्ति मन्त्री मात्रिका यादव पनि टर्की जादैँ छन् । प्रधानमन्त्री ओलीचाहिँ २२ सेप्टेम्बरमा न्युयोर्क गएर कोस्टारिका हुँदै फर्किने कार्यक्रम बन्दैछ । मन्त्रालयमा झगडा गरेर भए पनि धुुलिखेलका मेयर अशोक व्याञ्जु श्रेष्ठ सात दिने तालिमका नाममा अमेरिका जाँदैछन् । यसअघि अशोक र उनको नगरपालिका प्रमुख प्रशासकीय अधिकृत महेश बरालको मलेसिया र इण्डिोनेसिया भ्रमण मन्त्रालयले रोकेको थियो । ललितपुरका मेयर चिरीबाबु महर्जन, प्रमुख प्रशासकीय अधिकृत हरिप्रसाद दाहाल, कूलबहादुर महर्जन, मिश्री महर्जन र स्वकीय सचिव राजु महर्जनको चीन भ्रमण लालबाबुले रोकिदिएका छन् । तर, दशैंंको मुखमा बन्द भएका विदेश भ्रमणहरू अहिले खुल्न थाल्दा काठमाडौंका मेयर विद्याससुन्दर शाक्य अमेरिका, व्यास नगरपालिकाका मेयर बैकुण्ठ न्यौपानेले इण्डोनेशिया जान पाएका छन् । यसअघि मन्त्रालयले विदेशी दातृ निकाय र अन्तराष्ट्रिय सहयोग केन्द्रीय सरकारमार्फत लिने व्यवस्था भएकाले स्थानीय तहका पदाधिकारीले सीधै विदेशीसँग सहयोग माग्न र सम्झौता गर्न नमिल्ने भन्दै भ्रमण रोक्दै आएको थियो । 

 

 

मन्त्रालयले यसअघि भारतको इन्दौर र नयाँदिल्लीमा हुने फोहोर व्यवस्थापनसम्बन्धी कार्यशालामा जान लागेका १९ प्रतिनिधिको भ्रमण रोकिदिएको थियो । एसियाली विकास बैंक(एडिबी) को खर्चमा उनीहरू इन्दौर र नयाँदिल्ली जान चाहेका थिए । उक्त कार्यक्रममा विराटनगरका गाउँपालिका अध्यक्ष बालचन्द्र माझी, वडाअध्यक्ष मुुरालीलाल विश्वास थारु, वीरगञ्जकी उपमेयर शान्ति कार्की, जनकपुरका मेयर हरिप्र्रसाद अधिकारी, प्रमुुख प्रशासकीय अधिकृत ख्यामबहादुर थापा र सामाजिक विकास अधिकृत यादवप्रसाद सापकोटाको नाम सिफारिस भएकोमा मन्त्रालयले सहमति दिएन । बुटवलकी उपमेयर गुमादेवी आचार्य, ७, ८ र १० का वडाध्यक्षहरू कमलप्रताप थापा, भीमबहादुर श्रेष्ठ र पदमबहादुर थापा, नेपालगञ्जका प्रमुख प्रशासकीय अधिकृृत हरि प्याकुरेल, धनगढीका उपमेयर सुशीला मिश्र भट्ट, इञ्जिनियर दिजराज भट्ट, कैलाली, गोदावारीका मेयर हरिसिंंह सउद, शुुक्लाफाँटका मेयर दिलबहादुर ऐर, भीमदत्तकी उपमेयर सुशीला चन्द  सिंह र इञ्जिनियर हिमालयसिंह ऐर पनि त्यही कार्यक्रममा जान चाहेका थिए, तर मन्त्रालयले रोक्यो । मन्त्रालयले जेठमा मनिला जान चाहेका अन्य चार नगरपालिकाका मेयरलाई पनि रोकेको थियो । 

 

उता, गृहमन्त्रालयअन्तर्र्गत रहेका राष्ट्रिय पञ्जिकरण विभाग र राष्ट्रिय परिचयपत्र विभागलाई गाभ्ने निर्र्णय भएको छ । यो वर्षको अन्त्यदेखि लागु हुने गरी त्यस्तो निर्णय भएको छ । यो वर्षको अन्त्यदेखि लागु हुने गरी त्यस्तो निर्णय कार्यन्वयन गर्न लागिएको होे । 
 

‍(जनअास्था साप्ताहिकबाट साभार गरिएकाे)

कोही बोकिने, कोही ठोकिने 

विशेष