मुख्य समाचार राजनीति

प्रचण्ड चिनियाँ राष्ट्रपतिसँग भेट्न असफल

प्रचण्ड चिनियाँ राष्ट्रपतिसँग भेट्न असफल

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ चीन भ्रमण सकेर बुधबार काठमाडौं फर्केका छन् । उनी काठमाडौं फर्केलगत्तै राजनीतिक वृत्तमा  उनको भ्रमणको लेखाजोखा सुरु भएको छ । दुई पार्टी एक भएपछि त्यसले पूर्ण आकार ग्रहण गरी नसक्दा ओली पक्ष र प्रचण्ड पक्षका नेताहरूले कुन अध्यक्ष शक्तिशाली भनी मूल्यांकन गर्ने गरेका छन् । 


प्रचण्डले राजधानी उत्रेलगत्तै त्रिभुवन विमानस्थलमा पत्रकारहरूसँग आफ्नो चीन भ्रमण दुई कम्युनिस्ट पार्टीबीचको सम्बन्ध विस्तार र दुई सरकारबीच भएका सम्झौता कार्यान्वयनमा केन्द्रित रहेको बताए । 

 

उनले भ्रमणका क्रममा नेपाल र चीनबीच भएका यातायात तथा पारवहन सम्झौताको प्रोटोकलको कार्यान्वयका पक्षमा विभिन्न कोणबाट छलफल भएको जानकारी दिँदै  दुई पार्टीबीचको सम्बन्ध सुदृढ गर्न त्यहाँको नेतृत्व वर्गसँग आफूले गम्भीररुपमा छलफल गरेको र आफ्नो चीन भ्रमण सफल भएको दाबी गरे । तर नेकपाभित्रका प्रचण्ड समर्थक नेताहरू नै प्रचण्डले चिनियाँ राष्ट्रपति सि जिनपिङसँग सामान्य शिष्टाचार भेट गनृ नसक्नु प्रचण्डको यसपटकको चीन भ्रमण भ्रमणमा मात्रै सीमित रहेको भित्री मूल्यांकन गरेको बुझिएको छ ।

 
प्रचण्डले भ्रमणका क्रममा आफूले चीनका उपराष्ट्रपतिसँग छुट्टै र सामूहिक रूपमा छलफल गरेको जानकारी दिँदै अध्यक्ष दाहालले विदेश विभागका उपमन्त्री, अन्तर्रा्ष्ट्रिय विभागका मन्त्रीसँग दुई पार्टी र सरकारको सम्बन्ध विस्तार गर्ने विषयमा सौहार्दपूर्ण तवरले विचार विमर्श भएको बताए । 

 

अध्यक्ष प्रचण्डलेले पछिल्लो समयमा दुवै देशमा सकारात्मक वातावरण रहेको विषयमा चिनियाँ नेता र हाम्रो बीचमा समान समझदारी देखिएको बताउँदै भने, ‘दुवै देशका पार्टीले विकास र समृद्धिलाई मुख्य कार्यसूची बनाएको र राजनीतिक नेतृत्व तथा स्थिरता दुवै देशमा कायम हुँदै गएको भन्ने विषयमा समान समझदारी बनेको छ ।’ 
 

प्रचण्ड चीन

विशेष