मुख्य समाचार राजनीति

बिनाछलफल कानुन ल्याइएकोले समस्या : ठाकुर

बिनाछलफल कानुन ल्याइएकोले समस्या : ठाकुर

पर्सा । राजपा अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरले संसद्मा अवश्यक छलफल र राजनीतिक दलसँग परामर्श नै नगरी सरकारले कानुन ल्याएका कारण मुलुकभरी विरोध देखापरेको बताएका छन् । 

 

राजपा पर्साले बिहीबार वीरगन्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले संसद्बाट निर्माण भएका कानुनलाई छलफल नै नगरेका कारण डाक्टर, पत्रकार, चालकलगायत पेसाकर्मी आन्दोलनमा उत्रिएको बताए । 

 

संयोजक ठाकुरले कानुनमा त्रुटि भएको सरकारसमेत स्वीकार गरिसकेकाले यसलाई सच्याउनुको विकल्प नभएको बताउँदै अब भन्ने कानुनको विषयमा व्यापक छलफल गरी निर्माण गर्न सरकारलाई सुझाव दिए । 

 

राजपासँग सरकारले गरेको सहमति कार्यान्वयन नगरेका कारण मुलुकमा फेरि आन्दोलनको वातावरण बन्दै गएको उल्लेख गर्दै उनले संविधानमा रहेका असन्तुष्टिलाई सम्बोधन नगरेसम्म अधिकारका लागि संघष भइरहने विचार व्यक्त गरे । संयोजक ठाकुरले राजपासँग भएका सम्झौतालाई कार्यान्यन गर्न सरकारलाई आग्रह पनि गरे । 

 

संयोजक ठाकुरले आगामी वैशाख ७, ८ र ९ गते राजपाको केन्द्रीय महाधिवेशन गर्ने जानकारी दिए । महाधिवेशनलाई समयमा पूरा गर्न गाउँदेखि प्रदेश अधिवेशनलाई तोकिएको समयभित्र सम्पन्न गर्न पार्टीका सबै तह र ओहदाका पदाधिकारीलाई उहाँले निर्देशन पनि दिए । 

राजपा अध्यक्ष महन्थ ठाकुर

विशेष