मुख्य समाचार राजनीति

अब सभापतिमा म आफैं उठ्छु- महामन्त्री कोइराला 

अब सभापतिमा म आफैं उठ्छु- महामन्त्री कोइराला 

बुटवल । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले आगामी अधिवेशनमा आफू नै सभापति पदमा लड्ने बताएका छन् ।

 

 

आइतबार बुटवलमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै उनले भने, ‘आउँदो महाधिवेशनमा कोइराला परिवारबाट एक जना सभापतिको उम्मेदवार बन्छ । त्यो उम्मेदवार म पनि हुन सक्छु ।’

 

 

महामन्त्री कोइरालाले आफ्नो परिवारबाट शेखर, सुजाता र म मध्ये एक जना पक्का सभापति पदकाे उम्मेदारका लागि तयार हुने बताए । उनले भने, ‘दुई वर्षपछि हुने महाधिवेशनमा तीन जनामध्ये एक जना सभापतिको उम्मेदवार हुन्छौं ।’

 

 

कार्यक्रममा महामन्त्री कोइरालाले पार्टीभित्रको आन्तरिक द्धन्द्ध हटाउन सके कांग्रेस द्रुत गतिमा अघि बढ्नेसमेत बताए । उनले भने ‘कांग्रेसभित्रको आन्तरिक द्धन्द्धले पार्टी सही दिशामा जाँदैन ।  त्यसकारण अब हामी द्धन्द्ध अन्त्य गरि अगाडि बढ्छौं ।’

 

 

यस्तै, महामन्त्री कोइरालाले मुलुकमा संघीयता आए पनि सरकारले केन्द्रिकृत शासन चलाएको आरोप लगाए। सरकारले प्रदेश र स्थानीय तहलाई प्रशस्त बजेट नदिँदा मुलुकमा संघीयताको आभाष नै हुन नसकेको उनको भनाई थियो। 

डा. शशांक कोइराला नेपाली काँग्रेस

विशेष