राजनीति

६ दिने भ्रमणपश्चात उपराष्ट्रपति स्वदेश फिर्ता

६ दिने भ्रमणपश्चात उपराष्ट्रपति स्वदेश फिर्ता


काठमाडौं। उपराष्ट्रपति नन्दबहादुर पुन चिनको ६ दिने औपचारिक भ्रमणपश्चात साेमबार स्वदेश पर्किएका छन् । पुनको स्वागतको लागी नेपाल सरकारका उच्च पदस्थ अधिकृत र सुरक्षा निकायका प्रमुख विमानस्थल पुगेका थिए ।

 

उनको स्वागतको लागी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा सभामुख कृष्णबहादुर महरा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र गृहमन्त्री रामबहादुर थापा पुगेका थिए  । 

 

उपराष्ट्रपति पुनको सम्मानको सो अवसरमा नेपाली सेनाको एक टुकुडीले सम्मान गारत अर्पण गरेको थियो । चीन भ्रमणको क्रममा उनले सिचुवान प्रान्तको छेन्दुमा सञ्चालित ‘१७ औँ पश्चिम चीन अन्तर्राष्ट्रिय मेला’ र ‘एक क्षेत्र एक मार्ग’ (बिआरआइ) सम्बन्धी व्यावसायिक समुदायको कार्यक्रमा सहभागी भएका थिए । 

 

उपराष्ट्रपति पुनले सिचुवानमा सञ्चालनमा रहेका विभिन्न विकासका परियोजना र विभिन्न क्षेत्रको अवलोकन भ्रमणसमेत गरेका थिए । चीनका उपप्रधानमन्त्री, चिनियाँ कम्युनिस्ट पार्टीका सिचुवान प्रान्तका सेक्रेटरी र सरकारी प्रतिनिधिसँग पनि उनले शिष्टाचार भेट गरेका थिए । 

 

उपराष्ट्रपति नन्दबहादुर पुन औपचारिक भ्रमण साेमबार स्वदेश पर्किएका छन्

विशेष