राजनीति

कांग्रेस नेता दाहालले नेकपामा प्रवेश गर्दै भने,- ‘अब झाडोपोछा लगाउन पनि तयार छु’

कांग्रेस नेता दाहालले नेकपामा प्रवेश गर्दै भने,- ‘अब झाडोपोछा लगाउन पनि तयार छु’

काठमाडौं । नेपाली कांग्रेसका नेता एवम् नेपाल टेलिभिजनका पूर्व अध्यक्ष महेश दाहाल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा प्रवेश गरेका छन् ।

 

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्डले नेता दाहाललाई मंगलबार बिहान धुम्बाराहीस्थित पार्टी केन्द्रीय कार्यालयमा एक कार्यक्रमका बीच पार्टी प्रवेश गराए । 

 

 

नेपाली कांग्रेसको युवा संगठन नेपाल तरुण दल, नेपाल विद्यार्थी संघलगायतको भातृ संगठनमा केन्द्रीय नेतृत्वमा रहेर लामो समयसम्म काम गर्दै आएका दाहालले मुलुकको भविष्य निर्माण गर्न सक्ने पार्टी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मात्रै भएको निष्कर्षसहित आफू त्यो पार्टीमा प्रवेश गरेको बताए । 

 

उनले आफू व्यक्तिगत स्वार्थका लागि भन्दा पनि देश र जनताको हितलाई केन्द्रमा राखेर नेकपामा प्रवेश गरेको पनि स्पष्ट पारे । 

 

यस्तै, उनले नेकपाले जस्तो सुकै जिम्मेवारी दिएपनि कुशलतापूर्वक निर्वाह गर्ने प्रतिवद्धता जनाए । उनले भने,‘अब नेकपाले जेसुकै जिम्मेवारी दिए पनि निर्वाह गर्न तयार छु । पार्टीले छाडोपोछा लगाउन आग्रह गरेपनि पछि हट्दैन ।’ 

 


पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष प्रचण्ड, महासचिव विष्णु पौडेल, नेताहरु अग्नि सापकोटा, कृष्णगोपाल श्रेष्ठलगायतको उपस्थिति  थियो ।

नेपाली काँग्रेस नेपाल टेलिभिजन महेश दाहाल

विशेष