मुख्य समाचार राजनीति

गृहमन्त्री राजीनामा देउ : सांसद भुसाल

गृहमन्त्री राजीनामा देउ : सांसद भुसाल

काठमाडौं । प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद पुष्पा भुसालले निर्मला हत्या प्रकरणलाई लिएर गृहमन्त्री रामबहादुर थापाको राजीनामाको माग गरेका छन् । 

 

प्रतिनिधिसभाको बुधबारको बैठकमा कांग्रेसकी सचेतक समेत रहेकी भुसालले  मुलुकभरको हत्या हिंसाको घटना रोक्न नसक्ने गृहमन्त्रीले नैतिकताको आधारमा राजीनामा दिनुपर्ने माग गरिन् ।

 

उनले भनिन्, ‘सरकारले हत्याहिंसाका शृंखलालाई रोक्न सकेको छैन । म निवेदन गर्न चाहन्छु । यति धेरै हत्या हिंसाका घटना र महिला अस्मितामाथि लागेका प्रश्न चिन्हको जिम्मेवारी लिएर गृहमन्त्रीले राजीनामा दिएर आफ्नो नैतिक उदारता देखाउनु जरुरी भईसकेको छ ।’ एसिड प्रहार गरी महिलामाथि हिंसा गर्ने घटना बढ्दै गएको भन्दै उनले दैनिक हत्या हिंसाका घटना हुँदा राज्य मौन बसेको र कुनै पनि अपराधीलाई समातेर कारवाहीको दायरामा ल्याउन नसकेकोप्रति गम्भीर आपत्ति जनाइन् ।

 

‘सरकारले अपराधीलाई समातोस् । त्यसका लागि प्रतिपक्षी दल कहाँ सहयोग गर्न पर्न छ सहयोग गर्न तयार छौ । महिलाविरुद्ध हिंसाका घटनालाई कदापि राजनीतिकरण नगरियोस्’, सांसद भुसालको भनाइ थियो ।  
 

सांसद पुष्पा भुसाल

विशेष