अपराध सुरक्षा मुख्य समाचार राजनीति

निर्मला पन्त हत्या प्रकरण :‘सरकारी प्रतिवेदनको भरोसा छैन’

निर्मला पन्त हत्या प्रकरण :‘सरकारी प्रतिवेदनको भरोसा छैन’

काठमाडौं। नेपाल मानव अधिकार संगठनले कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्त हत्या एवं बलात्कारका सम्बन्धमा आफ्नो स्थलगत अनुगमन प्रारम्भिक प्रतिवेदन सार्वजनिक गरेको छ ।


 
राजधानीमा बुधबार पत्रकार सम्मेलन गरेर सरकारी प्रतिवेदनको पूर्ण भरोसा नभएको भन्दै संगनका अध्यक्ष इन्द्रप्रसाद अर्यालले निर्मला पन्त हत्याका दशी प्रमाणहरु नष्ट गरिएको भन्दै शून्यबाट अनुसन्धान थाल्न सरकारसँग माग गरेका छन् ।  उनले भने, ‘निर्मला पन्त हत्या घटना नियोजित भएको कारण उक्त घटनाका सबै प्रमाणहरु नष्ट गरिएको हुँदा शून्यबाट अनुसन्धान थालिनुपर्छ, न्याय चाँडो पाउनुपर्छ, न्याय ढिलो पाउनुको कुनै अर्थ रहँदैन, निर्मलाको हत्या आशंका गरिएका व्यक्तिलाई प्रहरीले कुनै प्रकारको सोधीखोजी गरेको देखिँदैन ।’

 

उनले भने,‘ आंशका गरिएका व्यक्तिलाई प्रहरीले भनिसियोस भनेर बयान लिन्छ, साइकल भेटिएको ठाउँतिरै लाश होला भन्ने बम दिदीबहिनीमाथि कुनै छानबिन भएको छैन्, प्रहरी प्रशासन, एसपी डिल्लीराज बिष्ट, उनका छोरा, मेयरको भतिजा, नक्कली मामा बनेर निर्मलाको लाश जलाउने तीर्थ भण्डारीमाथि प्रशासनले कुनै किसिमको छानबिन गरेको छैन् ।’

 

त्यस्तै संठगनका महासचिव महामुनिश्वर आचार्यले सरकारी अनुसन्धान समितिका सदस्य वीरेन्द्र केसीले राजीनामा दिएर पुनः काममा फर्केपछि आफूहरु सशंकित बनेर आफूहरुले प्रारम्भिक अनुसन्धान गरेको जानकारी दिए ।

 

उनले भने,‘ वीरेन्द्र केसीले अघिल्लो दिन ज्यान मार्ने धम्की आएको भनेर राजीनामा दिन्छन्, अर्कोदिन आफूलाई ज्यान मार्ने धम्की दिने व्यक्तिको पहिचान नगरी पुनः काममा फर्किन्छन्, यस्तो स्थितिमा कसरी अनुसन्धान निष्पक्ष हुन्छ ?’ 


कार्यक्रममा अधिवक्ता पुष्पराज पौडेलले अनुसन्धानको नाममा सरकारले पीडितलाई रणभूल्लमा पारेको आरोप लगाए ।


 

निर्मला पन्त हत्या प्रकरण

विशेष