मुख्य समाचार राजनीति

सरकार दृढतापूर्वक शान्ति सुरक्षा दिन्छ, निश्चिन्त रहनुहोसः मन्त्री बाँस्कोटा

सरकार दृढतापूर्वक शान्ति सुरक्षा दिन्छ, निश्चिन्त रहनुहोसः मन्त्री बाँस्कोटा

 


काभ्रेपलाञ्चोक । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले सरकारले दृढतापूर्वक शान्ति सुरक्षा दिने भएकाले निश्चिन्त रहन सबैमा आग्रह गरेका छन् । 

 

 

जिल्लाको मण्डनदेउपुर नगरपालिका-१२ ज्याम्दीस्थित नवनिर्मित स्वास्थ्यचौकी भवन हस्तान्तरण कार्यक्रमलाई विहीबार सम्बोधन गर्दै सरकारका प्रवक्ता बाँस्कोटाले भने, ‘शान्तिपूर्वक र सुरक्षित भएर बस्न पाउने जनताको हक हो, तपाईहरु निश्चिन्त रहनुस्, सरकारले दृढतापूर्वक त्यसको प्रत्याभूत गर्दछ ।’

 

 

स्वास्थ्य, शिक्षा, खाद्यान्न र आवास जनताको मौलिक हक भएकाले त्यसको सुनिश्चितता गर्ने कानून संसद्ले पारित गरेको प्रसंग उल्लेख गर्दै मन्त्री बाँस्कोटाले नेपाली जनतालाई शान्ति, समृद्धि र सुख दिलाउन सरकार निरन्तर खटिरहेको छ बताए ।

 

 

मन्त्री बाँस्कोटाले नेपालीको अधिकारको लडाइँ सकिएकाले अब उत्पादन र निर्माणको लागि लाग्ने बेला भएको बताए । कोरियन रेडक्रसका नेपाल प्रतिनिधि सनइ किमले भूकम्पले क्षतिग्रस्त स्वास्थ्यचौकीको भवन निर्माण भएपछि यहाँका जनताले गुणस्तरीय स्वास्थ्य सेवा पाउनेमा आफू विश्वस्त रहेको बताए । 

गोकुल बास्कोटा काभ्रेपलाञ्चोक

विशेष