मुख्य समाचार राजनीति

सबै भाषालाई सम्मान गर्नुपर्छ, त्यसैले म संसदमा हिन्दीमा बोल्छुः नेता महतो

सबै भाषालाई सम्मान गर्नुपर्छ, त्यसैले म संसदमा हिन्दीमा बोल्छुः नेता महतो

काठमाडौं । राष्ट्रिय जनता पार्टीका सांसद राजेन्द्र महतोले सबै भाषाभाषीलाई सम्मान गर्नुपर्छ भन्ने मान्यतालाई स्थापित गर्न आफूले संसद्मा हिन्दीमा बोल्ने गरेको बताएका छन् ।

 

प्रतिनिधिसभाको वर्षे अधिवेशनको बैठकमा समापन मन्तव्य दिँदै उनले यस्तो बताएका हुन् । यस्तै, नेता महतोले सरकारले बलात्कार, हत्या एवं हिंसामा संलग्नलाई कानूनी कारवाहीको दायरामा ल्याउन नसकेको आरोप लगाए । 

 

 

प्रतिनिधिसभाको वर्षे अधिवेशनको बैठकमा समापन मन्तव्य दिँदै उनले ‘टीकापुर घटना अधिकार प्राप्तिको घटना भए पनि’ निर्वाचित सांसद रेशम चौधरीलाई अहिलेसम्म प्रमाणपत्र नइिदएकोमा रोष प्रकट गरे । उनले चाडपर्वको मुखमा महँगी बढाएको तथा सामग्रीको अभाव र कालाबजारी नियन्त्रण गर्न नसकेको आरोप पनि लगाए । 

 

 

निजगढ विमानस्थल निर्माण गरिँदा वातावरणमा प्रभाव नपर्ने गरी काम अघि बढाउन उनले सरकारको ध्यानाकर्षण गराए। 

 

 

संघीय समाजवादी फोरम नेपालका रामसहाय यादवले मधेश, आदिवासी र जनजातिको आन्दोलनले संघीय शासन प्रणाली स्थापना भए पनि परिवर्तन संस्थागत हुन नसकेको बताउँदै मौलिक हकसम्बन्धी ऐन कार्यान्वयनका लागि सरकार इमान्दार भएर लाग्नुपर्नेमा जोड दिए । 

राष्ट्रिय जनता पार्टी सांसद राजेन्द्र महतो

विशेष