मुख्य समाचार राजनीति

गगन थापाको आरोप : पैसा खाएर बूढीगण्डकी गेजुवालाई दिइयो

गगन थापाको आरोप : पैसा खाएर बूढीगण्डकी गेजुवालाई दिइयो

काठमाडौं । प्रमुख प्रतिपक्षी दल कांग्रेसका नेता गगनकुमार थापाले निजगढ विमानस्थलको विषयलाई लिएर संसदमा छलफल गर्नका लागि सार्वजनिक महत्वको प्रस्ताव दर्ता गराएका छन् ।

 

उनले निजगढ विमानस्थल विकासको आकांक्षालाई सम्बोधन गर्ने महत्वपूर्ण पूर्वाधार हो भन्दै यो वृहत आयोजना समयमै सम्पन्न गर्न राष्ट्रिय धारणा बनोस् भनेर सांसदहरु प्रदीप गिरि र दिव्यमणि राजभण्डारीको समर्थनमा सदनमा व्यापक छलफल हुने अपेक्षासहित सार्वजनिक महत्वको प्रस्ताव दर्ता गराएको जनाएका छन् । 

 

सामाजिक सञ्जाल ट्विटरमा थापाले ‘आयोजनालाई समयमै सफलतापूर्वक सम्पन्न गर्न एउटा राष्ट्रिय धारणा बनोस् भन्ने आसयका साथ सदनमा सार्वजनिक महत्वको प्रस्ताव दर्ता गराउँदै सभामुख महोदयसंग छलफल गराउन आग्रह गरेको छु, कदाचित सदनमा हुन नसके सम्बन्धित समितिमा यसमाथि व्यापक विचार विमर्श हुनेछ भन्ने विश्वास छ’, उल्लेख गरेका छन् । यसैगरी थापाले बहुचर्चित बूढीगण्डकी आयोजना निर्माणको चिनियाँ कम्पनी गेजुवालाई दिने सरकारी निर्णयको कडा शब्दमा आलोचना गरेका छन् । 

 

प्रतिनिधिसभाको वुधबारको बैठकमा सांसद थापाले श्री ३ को शैलीमा प्रधानमन्त्री केपी शर्मा ओलीले नै बूढी गण्डकी परियोजना चिनियाँ कम्पनीलाई जिम्मा दिन लगाएको आरोप लगाए ।

उनले भने, ‘यही असोज ५ गतेको मन्त्रिपरिषद्को बैठकले चिनियाँ कम्पनी गेजुवालाई परियोजना निर्माण गर्न दिने निर्णय गर्‍यो । निर्णय भन्दा श्री ३ को शैलीमा प्रधानमन्त्रीले हुकुम गरिबक्सियो ।’ प्रधानमन्त्रीको हुकुमलाई शिरोधार्य गर्दै तालुकवाला मन्त्रालय र मन्त्री बाध्य हुन्छ, उनले अगाडि थपे, ‘हाम्रो पनि त्यस्तै अनुभव भयो । तर, संसद पनि प्रधानमन्त्रीको हुकुमी छाँया हुन सक्छ ?’ उनले एउटा तामाकोसी बनाउन पुग्ने पैँसा खाएको तथ्य समेत सुनाए । 
 

बूढीगण्डकी गेजुवा

विशेष