मुख्य समाचार राजनीति

समृद्ध देश बनाउन सरकार २५ वर्षे रणनीति ल्याउँदै छः मन्त्री पोखरेल

समृद्ध देश बनाउन सरकार २५ वर्षे रणनीति ल्याउँदै छः मन्त्री पोखरेल

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले मुलुकलाई सामाजिक न्यायमा आधारित भएर समृद्ध देश बनाउनका लागि सरकारले २५ वर्षे रणनीति ल्याउन लागेको बताएका छन् । 

 

 

शिक्षा पत्रकार सञ्जाल (इजोन) को आठौं वार्षिक साधारणसभा तथा पाँचौ अधिवेशनको शुक्रबार काठमाडौंमा उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् । 

 

 

यस्तै, मन्त्री पोखरेलले विश्वविद्यालयले आधारभूत शिक्षाको चरित्र बदल्नुपर्छ भन्दै यो अनुसन्धान, खोज र नयाँ ज्ञानको साधन बन्नुपर्ने धारणासमेत राखे । उनले नयाँ ल्याउन थालिएको संघीय शिक्षा ऐनमा प्रारम्भिक शिक्षा अभ्यास परिमार्जन गरिने बताए ।

 

 

साथै, मन्त्री पोखरेलले संसद्को वर्षे अधिवेशनबाट चिकित्सा शिक्षा विधेयक पारित नभए पनि सरकारले उच्च प्राथमिकतामा राखेको बताए । उनले अनिवार्य तथा निःशुल्क शिक्षा ऐन समाजवादोन्मुख भएको पनि बताए । 

 

 

मन्त्री पोखरेलले सार्वजनिक शिक्षा सबलीकरणका लागि निजी लगानीकर्तासँग सरकारले समन्वय गर्ने बताउँदै निजी क्षेत्रले दिने शिक्षा नाफाभन्दा सेवामूलक हुनुपर्नेमा जोड दिए ।  

गिरिराजमणि पोखरेल २५ वर्षे रणनीति इजोन

विशेष