मुख्य समाचार राजनीति

प्रधानमन्त्री ओलीविरुद्ध अमेरिकामा विरोध प्रदर्शन

प्रधानमन्त्री ओलीविरुद्ध अमेरिकामा विरोध प्रदर्शन

 काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको अमेरिका पनि विरोध भएको छ । अमेरिका र क्यानाडामा बस्ने नेपाली कांग्रेस समर्थित प्रवासी संगठनले प्रधानमन्त्री ओली सरकारले मुलुकमा भ्रष्टाचार, अनियमितता रोक्न नसकेको र निर्मला पन्तको हत्यारालाई पक्रन नसकेको भन्दै न्यूयोर्कमा विरोध प्रदर्शन गरेका हुन् ।

 


प्रदर्शनकारीहरूले ‘निर्मलाको हत्यारा, ओली सरकार ज्यानमारा, वि वान्ट जस्टिस्, ओली सरकारको चमत्कार, भ्रष्टाचार, हत्याहिंसा बलात्कार’ भन्ने नारा लेखिएको प्लेकार्ड बोकेका थिए । उनीहरूले विरोधस्वरूप कालो पहिरन पनि लगाएका थिए । विरोध प्रदर्शनपछि प्रदर्शनकारीहरूले स्वदेशमा अनेकन समस्या हुँदाहुँदै प्रधानमन्त्री विदेश यात्रामा निस्कनु शोभायमान नभएको भनी प्रधानमन्त्री ओलीको विरोध गरेका थिए ।

 

 

तर केही अमेरिका तथा क्यानडामा बस्ने अन्य प्रवासी नेपालीले भने कांग्रेस समर्थित संगठनहरूले प्रधानमन्त्री ओलीको विरोध गर्नुको तुक नभएको भन्दै आलोचना गरेका छन् । त्यसमध्ये क्यानडामा बस्दै आएका एक प्रवासी नेपाली रमेश थापाले प्रधानमन्त्रीप्रति विदेशमा गरिएको विरोधको आलोचना गर्दै आफ्नो फेसबुक स्टाट्समा लेखेका छन्, ‘अमेरिका त के मंगल ग्रहमै पुगे पनि नियत कालो भएकाहरूले आफ्नो असली हर्कत देखाउन कहिले छोड्दैनन् । प्रधानमन्त्री के .पी. शर्मा ओलीको अमेरिकामा मच्ची मच्ची विरोध गर्ने यी कठमुल्लाहहरूको हर्कत त्यसकै निरन्तरता हो । लोकतन्त्र, प्रजातन्त्र र न्यायको लागि भन्दै घर डढाएर खरानीको ब्यापार गर्ने यी कठमुल्लाहहरू यथार्थमा लोकतन्त्रकै धब्बाहरू हुन् । पूर्वाग्रहको भट्टीमा डढेर अंगार भइसकेका यी धब्बाहरूबाट योभन्दा माथिको अपेक्षा गर्नु नै बेकार थियो ।’

 


प्रधानमन्त्री ओली संयुक्त राष्ट्र संघको महसभालाई सम्बोधन गर्ने सिलसिलामा हाल अमेरिका यात्रामा छन् । (तस्बिर ः राजेश थापाको फेसबुक वालबाट)   
 

प्रधानमन्त्री ओलीविरुद्ध विरोध प्रदर्शन

विशेष