कला साहित्य

राजनीति

राजनीति

कविता

सोचे भन्दा गाह्रो भयो नेताहरुलाई गर्न राजनीति
गर्न भन्दा सारो प-यो पचाउन देशको सम्पत्ति

 

एक अर्काको खुट्टा तानी बन्छन् यहाँ राजनेता
विवेकशील र विद्यावान् त कहाँ छन् र हाम्रा नेता !

 

हरेक विद्यार्थीले पढ्न विदेशिनु पर्ने, कस्तो हो यो पिडा ?
क्याम्पस र स्कुल बनाउने बजेट खल्तीमा हाल्नुको हो यो नतिजा

 

गणतन्त्र आए पनि लोकतन्त्र आए पनि हामी जनताको यही छ हालत 
जुलुसको भिडमा थिचिएर मर्नेलाई चाहीं मिल्दो रहेछ केही राहत

 

ज्वाला नेपाल

इलाम, नेपाल
 

राजनीति

विशेष