व्यापार भिडियो

यसपटकको नाडा अटो सोमा यस्ता छन् विशेषता (भिडियोसहित)

यसपटकको नाडा अटो सोमा यस्ता छन् विशेषता (भिडियोसहित)

काठमाडौं । भदौ २६ गतेदेखि काठमाडौंमा १३औं ‘नाडा अटो सो २०१८’  हुने भएको छ । भृकुटी मण्डपमा हुने सो भदौ ३१ गतेसम्म सञ्चालन हुने

नाडा अटोमोबाइल्स  एसोसियसन अफ नेपालले आइतबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिएको छ । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल एवं ग्लोबल एक्सपोजिसन एण्ड म्यानेजमेन्ट सर्भिसेजको संयुक्त आयोजनामा यो सो आयोजना हुन लागेको हो । 

 

दुई दशक लामो यात्रालाई निरन्तरता दिदै आएको नाडाले आफ्नो १३ औं संस्करणको नाडा सो गर्न लागेको हो । नाडा अटो सो २०१८ को मुख्य प्रायोजक सर्भो वल्र्ड क्लास लुब्रिकेन्टस् रहेको छ । 


सवारी साधन तथा अटो कम्पोनेन्ट्स सम्बन्धी सम्पूर्ण जानकारी एकै थलोमा उपलब्ध गराई, नेपाली अटोमोबाईल क्षेत्रमा भइरहेको आधुनिक एवं प्राविधिक विकासको प्रचार–प्रसार र प्रबर्द्धन गर्नु नाडा अटो शोको मुख्य उद्देश्य रहेको जारी प्रेस विज्ञप्तिमा उल्लेख छ । 

 

साथै नाडा सो २०१८ ले  सवारी साधनको महत्व र उपयोगिताबारे व्यापक जानकारी गराउनका साथै ड्राईभिङ्, ट्राफिक नियमको पालना एवं सडक सुरक्षा सम्बन्धी व्यापक जन चेतनाको अभिवृद्घि  नाडाले जनाएको छ । 

 

यस वर्ष चार पांग्रे, दुई पांग्रे र अटो कम्पोनेन्टस्को अत्याधिक मागलाई ध्यानमा राखी तीनवटा ह्याङ्गर राखिएका छन् तर ठाउँ अभावले गर्दा हेभी कमर्शियल गाडीहरु प्रदर्शनमा नराखिएको जनाईएको छ ।  


 

सवारी साधन नाडा अटोमोवाइल्स एसोसिएसन

विशेष