राजनीति

चुनावमा अन्तर्घात गर्ने ठूला नेतालाई पनि कारवाही हुन्छः डा. कोइराला

चुनावमा अन्तर्घात गर्ने ठूला नेतालाई पनि कारवाही हुन्छः डा. कोइराला

विराटनगर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले गत निर्वाचनमा पार्टीका उम्मेदवारप्रति अन्तर्घात गर्ने जतिसुकै ठूला नेता भए पनि कारवाही गरिने बताएका छन् ।

 

वीपी कोइरालाको १०४औँ जन्मजयन्तीका अवसरमा काङ्ग्रेस मोरङ क्षेत्र-६ द्वारा बिहीबार यहाँ आयोजित विचार गोष्ठीमा उनले पार्टीलाई असहयोग गर्ने नेता कार्यकर्तालाई कारवाही गर्न काङ्ग्रेसले खुट्टा नकमाउने प्रष्ट पारे ।

 

तीनै तहको निर्वाचनमा अन्तर्घातकै कारण पार्टीले धेरै ठाउँमा पराजित हुनु परेको उनले स्मरण गरे। केन्द्रीय सदस्य डा. डिला संग्रौलाले वीपीका आदर्श र सिद्धान्तलाईसँगै लिएर अगाडि बढे काङ्ग्रेस सबैभन्दा ठूलो पार्टी हुने धारणा व्यक्त गरिन् । रासस

डा. शेखर कोइराला नेपाली काँग्रेस

विशेष