समाज राजनीति

सांसद उषाकला आमाको किरिया गर्दै, श्रीमानले गरे तारिफ

सांसद उषाकला आमाको किरिया गर्दै, श्रीमानले गरे तारिफ

काठमाडौं । प्रदेश सभा सांसद उषाकला राईले आफ्नी आमा लक्ष्मी राईको किरिया बसेकी छन् । कपाल मुण्डन गरेर काजकिरियामा लागेकी उनको कार्यलाई पति शेरबहमदुर तामाङले खुलेर प्रशंसा गरेका छन् । 
 

 

सांसद राईकी आमा लक्ष्मी राईको बुधबार ६५ वर्षीया उमेरमा निधन भएको हो । किरियापुत्री बनेर बसेकी उषाका आफ्ना दाजुभाइ छैनन् । किरिया बस्ने निर्णय उनी आफैंको हो । 
 

 

हरेक नारीको लागि उदाहरणीय काम गरेको भन्दै श्रीमतीको बयान गर्दै तामाङले फेसबुकमा लेखेका छन्, ‘उषाजी तपाईं साँच्चै महान हुनुहुन्छ । छोरीलाई छचोरी सरह समान अधिकारका लागि निरन्तर लडिरहने तपाईंले पहिलो संविधानसभाको सदस्य भएर मौलिक अधिका समितिमा बसेर त्यसको लैंगिक उपसमितिको संयोजक भएर सम्पूर्ण नेपाली नारीको अधिकारलाई लिपिवद्ध गर्दै नेपालको संविभानमा महिलाको वंशको अधिकार स्थापित गर्न सफल हुनुभयो । आज आफ्नो ममतामयी आमा लक्ष्मी राईको निधनमा वास्तविक किरियापुत्री बसेर समाजलाई देखाउनुभएको छ । यो अभियानमा संलग्न अन्य अग्रज नारीहरूलाई मेरो लाखौंलाख सलाम ।’

सांसद उषाकला राई

विशेष