राजनीति

डा. केसीले अनशन होइन, उत्सव मनाउनु पर्ने होः मन्त्री बाँस्कोटा

डा. केसीले अनशन होइन, उत्सव मनाउनु पर्ने होः मन्त्री बाँस्कोटा

काठमाडौं । चिकित्सा शिक्षा सुधारका लागि आवाज उठाउँदै आएका डा. गोविन्द केसीका ९५ प्रतिशत भन्दा बढी माग सम्बोधन भइसकेकाले उनको अनशनको औचित्य नभएको सरकारले जिकिर गरेको छ । सरकारका प्रवक्तासमेत रहेका सूचना, सञ्चार तथा प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सरकारका निर्णय सार्वजनिक गर्न बिहीबार आयोजित नियमित पत्रकार भेटघाट कार्यक्रममा डा. केसीले उठाएका माग सम्बोधन गरिसकिएको बताएका हुन्।


‘डा. केसीले उठाएका ९५ प्रतिशतभन्दा बढी माग सम्बोधन भइसकेका छन, यसकारण अनशन होइन, उत्सव मनाउनु पर्ने हो,’ प्रवक्ता बाँस्कोटाले भने, ‘तर, कताकता बैठक राखेर नयाँ नयाँ कुरा ल्याउनुभएको छ, त्यसबारे हामीलाई जानकारी छैन।’ प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रस्तुत गरेको प्रगतिको सूचाकांक तथ्य र सत्यमा आधारित भएको जिकिर उनले दाबी गरे।

 

‘अब अर्थ मन्त्रालयको तथ्यांक नपत्याउने हो भने बेग्लै कुरा तर प्रधानमन्त्रीले सम्मानीय संसदमा प्रस्तुत गरेका मुलुकको प्रगतिबारेका तथ्यांक तथ्यमा आधारित छन्,’ बाँस्कोटाले भने, ‘अर्थमन्त्रालयको तथ्यांक र सूचक नमानेर अर्थशास्त्रीहरूसँग धारणा मागेर बुभ्mने हो भने सरकारले त्यसमा केही गर्न सक्दैन।’ अर्थ मन्त्रालय पुगेर सही तथ्यांक बुभ्न र लिनसमेत सबन्धित निकायलाई उनले सुझाव दिएका छन्।

 

अष्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पामाथि लागेको मानव तस्करीको आरोपबारे छानबिन भइसकेको उनले जानकारी दिएका छन्। यो समाचार नागरिक दैनिकबाट लिइएको हो । 

डा. गोविन्द केसी मन्त्री गोकुलप्रसाद बाँस्कोटा

विशेष