राजनीति

तरुण दलद्वारा आन्दोलनका कार्यक्रम घोषणा

तरुण दलद्वारा आन्दोलनका कार्यक्रम घोषणा

काठमाडौं । नेपाली कांग्रेसको भ्रातृसंगठन नेपाल तरुण दलले सरकारविरुद्ध आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । तरुण दलको शुक्रबार बसेको बैठकले सरकार जनविरोधी काम गर्न उद्यत भएको भन्दै माघ ८ देखि चरणवद्ध आन्दोलनमा जान निर्णय गरेको दलका महासचिव भूपेन्द्रजंग शाहीले जानकारी दिए । 

 

माघ ८ मा विराटनगर, ९ मा जनकपुर, १० गते हेटौडा, ११ गते पोखरा, १२ गते भैरहवा, १३ गते सुर्खेत र १४ गते धनगढीमा विरोध जुलुस र सभा आयोजना गर्ने दलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 


सरकार निर्मला पन्तको हत्यारा जोगाउन लागेको, वाइडबडीसहित अन्य प्रकरणमा व्यापक भ्रष्टाचार गरेको र लोकतन्त्रलाई नै कमजोर बनाउने गरी लागिपरेको तरुण दलको आरोप छ । 


 

नेपाल तरुण दल भूपेन्द्रजंग शाही

विशेष