रोजगार

समायोजनमा जान चाहने कर्मचारीको संख्या दोब्बरले वृद्धि

समायोजनमा जान चाहने कर्मचारीको संख्या दोब्बरले वृद्धि

काठमाडौँ । कर्मचारी समायोजनको मिति सकिनै लाग्दा समायोजनका लागि फारम भर्नेको सङ्ख्या बढेको छ । पहिले दैनिक चार हजारको सङ्ख्यामा फारम भर्ने गरेकोमा अहिले दैनिक आठ हजारसम्म कर्मचारीले फाराम भर्ने गरेका सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको समायोजन शाखाले जनाएको छ ।

 

समायोजन शाखाका अनुसार बिहीबारबाट सङ्घ, प्रदेश र स्थानीय तीनै तहमा फाराम भर्नेको सङ्ख्यामा दोब्वर वृद्धि भएको छ । अहिलेसम्म करीब ३६ हजार ९६७ कर्मचारीले समायोजन रोजिसकेका छन् भने करीब ५६ हजार ५०० कर्मचारीले समायोजनका लागि अनलाइन फारम अभिलेखन गरिसकेका छन् । मन्त्रालयले यही पुस ११ गते कर्मचारीलाई २१ दिने सूचना निकाल्दै समायोजनको लागि अनलाइन आवेदन फाराम भर्न आह्वान गरेको थियो । 

कर्मचारी

विशेष