देश राजनीति

नेपाललाई फसाउने षडयन्त्र भइरहेको छः बिजुक्छे

नेपाललाई फसाउने षडयन्त्र भइरहेको छः बिजुक्छे

भक्तपुर । नेपाल मजदूर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले विभिन्न बहानामा नेपाललाई फसाउने षडयन्त्र भइरहेको आरोप लगाएका छन् । देकाचामा सोमबार भक्तपुर नगरपालिकाको चौंथो नगरसभामा उनले नेपाललाई फसाउने षडयन्त्रप्रति सरकार सचेत हुनुपर्ने बताए । 

 

यसैबीच, भक्तपुर नगरपालिकाले आव २०७५÷७६ को साउनदेखि मङ्सिरसम्म आन्तरिकतर्फ रु १७ करोड ९७ लाख ५९ हजार राजश्व संकलन गरेको छ । नगरसभामा नगरपालिकाका प्रमुख सुनील प्रजापतिले आव २०७४÷७५ को सोही अवधिमा रु १३ करोड ९९ लाख ४३ हजार राजश्व सङ्कलन गरेकामा चालू आवमा २८.४५ प्रतिशतले राजश्व वृद्धि भएको जानकारी दिए । 

 

नगरपालिकाले आव २०७५÷७६ मा ४१ नगरस्तरीय योजनाका लागि रु ३६ करोड ५१ लाख २३ हजार रकम विनियोजन गरेकामा ५० प्रतिशतसम्म निर्माण सम्पन्न भएको जनाएको छ । त्यस्तै क्रमागत योजनामा रु १६ करोड २३ लाखको योजनामध्ये भौतिक पूर्वाधार विकासतर्फ २० र सम्पदातर्फ १३ योजना सम्पन्न भएको छ । 
 

नारायणमान बिजुक्छे नेपाल मजदूर किसान पार्टी

विशेष