देश राजनीति

नेकपा अध्यक्ष प्रचण्डद्वारा माघे सङ्क्रान्तिको शुभकामना

नेकपा अध्यक्ष प्रचण्डद्वारा माघे सङ्क्रान्तिको शुभकामना

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले माघे सङ्क्रान्ति पर्वले नेपालीमा राष्ट्रिय एकता र सद्भाव अभिवृद्धि गर्ने अपेक्षा गरेका छन् । माघेसङ्क्रान्ति पर्वको अवसरमा अध्यक्ष दाहालले मंगलबार शुभकामना सन्देश दिदै यस पर्वले सबै नेपालीलाई मुलुकको समृद्धि, विकास र निर्माणमा एकताबद्ध हुन प्रेरणा मिलोस् भन्ने कामना गरेका छन् ।

 

उनले थारु, मगरलगायत आम नेपालीले मनाउने चाड माघे सङ्क्रान्ति (मकर सङ्क्रान्ति) को अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति र समृद्धिको हार्दिक शुभकामना व्यक्त गरेका छन् । 

पुष्पकमल दाहाल ‘प्रचण्ड’ माघे सङ्क्रान्ति

विशेष