भिडियो राजनीति स्वास्थ्य

‘देशलाई सयौं गोबिन्द केसी चाहिएको छ, हामी त एउटा भएकोलाई पनि मार्नतिर लाग्यौं’(भिडियो सहित)

‘डा.केसीलाई पार्टीगत ट्याग भिराउनुजति अज्ञानता अरु केही छैन’

‘देशलाई सयौं गोबिन्द केसी चाहिएको छ, हामी त एउटा भएकोलाई पनि मार्नतिर लाग्यौं’(भिडियो सहित)

काठमाडौं । नेपाली कांग्रेसका सांसद गगन थापाले बिहिबार पत्रकार सम्मेलन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई डा गोबिन्द केसीको माग कार्यन्वयन गर्न सुझाएका छन् । देशको हरेक क्षेत्रको सुधारको लागि हामीलाई सयौं हठी गोबिन्द केसी चाहिएको तर हामीले त भएको एउटैलाई पनि मार्नतिर लागेको भन्दै उनले दुःख व्यक्त गरे । 

 

डा गोबिन्द केसी हाम्रो गलत स्वार्थका विरूद्धमा उभिएको, उभिइराख्ने र भोली पनि उभिनेमा आफू विश्वस्त भएको उनले तर्क राखे । यसरी हाम्रो स्वार्थका विरूद्धमा उभिने डा केसीलाई साँच्चै नै ढाल्न खोजिएको हो ? भन्दै सांसद थापाले प्र्रधानमन्त्री ओलीलाई प्रश्न गरेका छन् । 

 

 

सत्तापक्षले जहिल्यै पनि डा केसीलाई प्रतिपक्ष देखेको र पार्टीगत ट्याग भिराएको प्रति उनले असन्तुष्ट जनाए । नेपालको स्वास्थ्य क्षेत्रको सुधारको लागि लडिरहने गोबिन्द केसी कुनै पार्टीको भक्त भागी नभएर एक फकिर, सन्त भएको भन्दै उनले भने, ‘आज डा केसीलाई कम्युनिष्ट विरोधी भनेर स्थापित गर्नु खोज्नु अज्ञानता, अहंकारले प्रभावित दृष्टिदोष मात्रै हो ।’ 

 

अब त डा.केसी अनसन बस्नु भनेको लज्जाको विषय भएको भन्दै उनले थपे, ‘डा.गोबिन्द केही न कांग्रेस समर्थक हुन् न नेकपाका न कांग्रेस विरोधी हुन् न नेकपाका । आम जनताको स्वास्थको गुणस्तरको लागि लड्नुलाई कम्युनिष्ट विरोधी लडाई हो भनेर नेपालको कम्युनिष्ट पार्टीले ठहर गर्न मिल्छ ?’
 

गगन थापा डा गोबिन्द केसी

विशेष