मन्त्रीको दोहोरो सुविधा रोक्ने सरकारको निर्णय

काठमाडौं । मन्त्रिपरिषद्को कार्यालय र सम्बन्धित मन्त्रालयबाट दोहोरो सुविधा लिँदै आएका मन्त्रीहरुको अनियमितता रोक्न सरकारले एकद्वार नीति अपनाउने निर्णय गरेको छ । अबदेखि मन्त्रीको तलबलगायत सुविधा सम्बन्धित मन्त्रालयबाटै भुक्तानी गर्ने निर्णय गरेको हो ।
मन्त्रीहरुले दोहोरो सुविधा लिइरहेको समाचार प्रकाशित भएपछि सरकारले यस्तो निर्णय गरेको हो । यसअघि मन्त्रीको तलब तथा सुविधा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट लिइने व्यवस्था थियो । यो समाचार नयाँ पत्रिका दैनिकबाट लिइएको हो ।
दोहोरो सुविधा