रोजगार

खाद्य संस्थानले माग्यो ४५ कर्मचारी, एसइई दिएकाले पनि आवेदन दिन सक्ने

खाद्य संस्थानले माग्यो ४५ कर्मचारी, एसइई दिएकाले पनि आवेदन दिन सक्ने

काठमाडौं : नेपाल खाद्य संस्थानले विभिन्न पदका लागि ४५ जनाको दरखास्त आह्वान गरेको छ । संस्थानले वरिष्ठ अधिकृतदेखि प्रशासन सहायकसम्म दरखास्त आह्वान गरेको हो ।

संस्थानले वरिष्ठ अधिकृत १ जना माग गरेको छ भने सवैभन्दा धेरै २३ जना प्रशासन सहायकका लागि दरखास्त मागेको छ। सूचना प्रकाशन भएको मितिले २१ दिनभित्रमा आवेदन भरिसक्नु पर्ने छ । दोब्बर दस्तुर तिरेर थप सात दिनभित्रमा दर्खास्त बुझाउन सकिने संस्थानले जनाएको छ । प्रशासन सहायकका लागि मान्यता प्राप्त शैक्षिक संस्थाबाट एसएलसी/एसइइ उत्तीर्णले आवेदन दिन सक्ने छन् ।

वरिष्ठ अधिकृतका लागि १ हजार ५० दस्तुर तिर्नुपर्ने छ। त्यस्तै प्रशासन सहायकका लागि ३५० तिर्नु पर्ने छ। 


जागिर

विशेष